दुई तेक्वान्दो संघ मिल्न राखेपको ७ दिने अल्टिमेटम

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-२७
  • |
  • 576 पटक हेरिएको

नेप्लेज, २७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद राखेपले समान हैसियद र अस्थित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ ।

सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई चिठ्ठी पठाएर विवाद समाधानको निर्देशन दिएका हुन् । अन्यथा आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने राखेपको भनाइ छ ।

दुई साताअघि नुवाकोटको ककनीमा बसेको राखेप ११०औं बोर्ड बैठकले दुई तेक्वान्दोलाई आफैं विवाद समाधान गर्न लगाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राखेपले आज पत्र पठाएको हो ।

आठौं राष्ट्रिय खेलकुद आगामी माघ २२ देखि आयोजना हुने तय भएको छ । तेक्वान्दोमा देखिएको विवादका कारण छनोटदेखि कुनै पनि आधिकारिक प्रतियोगितामा समावेश गर्न अप्ठेरो भएको राखेपको भनाइ छ ।

विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाश शमसेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनको विवाद १८औं एशियाली खेलकुदका क्रममा पनि देखिएको थियो ।

तर, त्यतिबेला सदस्य सचिव विष्टले नै नेपाल तेक्वान्दो संघ आधिकारिक भएकाले अन्य संघको खेलाडी पठाउन नसकिने अभिव्यक्ति दिएका थिए । तर, उनैले दुवै संघलाई आपसमा मिल्न निर्देशनात्मक चिठी काटेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal