विश्व च्याम्पियनसिप खेल्ने दुई महिला बक्सरको बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-२६
  • |
  • 246 पटक हेरिएको

नेप्लेज, २६ कात्तिक । भारतको नयाँ दिल्लीमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने दुई नेपाली खेलाडीलाई आज बिदाइ गरिएको छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले दुई नेपाली खेलाडी बिमला श्रेष्ठ र पुनम रावललाई शुभकामनासहित बिदाई गरेका हुन् ।

बिमलाले ५१ केजीमूनि र पुनमले ६० केजीमूनि स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी त्रिभुवन आर्मी क्लवका हुन् । गत महिना भएको छनोट प्रतियोगिता जितेर उनीहरु विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।

टिम प्रशिक्षकको रुपमा लालबहादुर पौडेल र व्यवस्थापकको रुपमा लक्ष्मण कार्की पनि भारत जानेछन् ।

विश्व महिला बक्सिङ च्याम्पियनसिप कात्तिक २९ देखि मंसिर ८ गतेसम्म आयोजना हुँदैछ ।

यस सहभागितालाई नेपाल बक्सिङ संघले आसन्न साग गेम्स र ओलम्पिक गेम्स २०२० को तयारीका रुपमा लिएको छ । नेपाली टोली मंगलबार भारत प्रस्थान गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal