राेकिएन राम्रा खेलाडी बिदेश भासिने क्रम, परिषद भन्छ- ‘हाम्राे बसमा छैन’

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-२२
  • |
  • 286 पटक हेरिएको

खेलकुदमा भविष्यको सुनिश्चितता नदेखेपछि अधिकांश खेलाडीले आफ्नो अन्तिम गन्तव्य विदेशलाई बनाउँदै आएका छन् । जसको पछिल्लो उदाहरण हुन् ओलम्पियन एथ्लेटिक्स खेलाडी चन्द्रकला थापा ।  उनी नेपालमा सम्भावना नदेखेर विदेश भासिइन् । रोजगारीका लागि उनी केही साता अघि दुवई पुगिन् । अन्य खेलको तुलनामा देशका लागि धेरै पदक दिलाउने कराँते, तेक्वान्दो जस्ता खेलका खेलाडीले पनि बिदेशलाई आफ्नो गन्तव्य बनाएका छन् ।

करियरको उत्तरार्धमा आएर बिदेशलाई आफ्नो अन्तिम गन्तव्य बनाउनेमा फुटबलका खेलाडी पनि पर्छन् । खेलाडीको विदेश पलायन देशको लागि ठुलो घाटा भएको प्रशिक्षकहरुको अनुभव छ । खेलाडी र प्रशिक्षकका लागि सरकारले आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा प्रशिक्षकहरु पनि राम्रो संभावनाको खोजीमा छन् ।

यसमा अाेलम्पियन दिपक विष्ट भन्छन-‘हामी खेलाडी भएर खेलक्षेत्रको मात्र देख्छौ, तर समग्रमा कुरा गर्ने हो भने शिक्षा क्षेत्रमा पलायन हुने धेरै छ । युवाहरु दैनिक रुपमा हजारौको सख्यामा विदेश गइरहेका हुन्छ । अब खेलको कुरा गर्दा खेलाडी आफ्नो महत्वपुर्ण वा भनौ उत्पादकमुलक समय खेलमा खर्चिन्छ । तर भविष्यको सुनिस्चतता देशमा छैन । पिक टाइममा हुँदा उनिहरु भिषा पाउछन र विदेशिन्छ । खेल खेलकुदका लागि मात्र होइन देशका लागि पनि दुर्भाग्यको कुरा हो । यसको रोकथामका लागि देशको निती र खेलकुदको निती राम्रो हुनुपर्यो ।’

विष्टले थपे- ‘खेलका दौरानमा आफ्नो कर्मभुमी कुनै राम्रो ठाउमा गर्न चाहन्छ भने त्यो खेलका लागि पनि राम्रो कुरा हो । केहिदिन अगाडी मात्र चन्द्रकला र केशरी चौधरी जसरी विदेशी भासिइन त्यो अर्केपाटो छ । चन्द्रकला रिटायर्ड भइसकेको खेलाडी हो, उसले आफ्नो रिटायर्ड जीवन सुरक्षीत बनाउन दुबई गएकी हुन । उनी युरोप अमेरीकाको भिषा नपाएर दुई गएकी हुन र उनले त्यो आफ्नो जिवीकापार्जन गर्न नेपालमा नसकेर लागेकी हुन । विभागिए टिममा रहेर नियमित तलव खाने खेलाडी नै विदेशीन्छन भने अरुको हालत के होला । किनकी कुनैपनि खेलाडीलाई आफ्नो परिवार लगायत सबैकुरा धान्नुपर्ने हुन्छ । काठमाडौमा बस्न नसक्ने अवस्था आयो भने कुनैपनि खेलाडी त्यो विकल्प खोज्छन खोज्छन । कुनैपनि खेलाडीले विदेशको भिषा लगाएपछि आफु त्यो बस्ने पैशा कमाउने र परिवारलाई पाल्ने भन्ने ध्यान हुन्छ । अब यो हटाउनका लागि खेलकुद निती गतिलो हुनुपर्यो । कुनैपनि खेलाडी राष्ट्रिय टिममा परेपछि ५–७ बर्ष त्यो टिममा राख्नुपर्यो । उसले खेलाडी जिवन त्यागेपछि उसको सोसियल सेक्विरीटी हुनुपर्यो । त्यो भयो भने कुनैपनि खेलाडी बाहिर जादैन ।’

‘खेलाडीले १० बर्ष खेल्ने तर त्यसपछि जिविकोपार्जनका लागि जिरोबाट सुरु गर्नुपर्छ, जसले गर्दा भविष्यको बारेमा सोचेर खेलाडी विदेशिने गरेका छन । यसका लागि मुख्य काम खेलाडीलाई आफु खेल जीवन त्यागेपछि सुरक्षीत छु भन्ने काम गर्नुपर्छ ।’

नेपालले अन्तराष्ट्रिय खेलमा सहभागिता जनाउन थालेको आधा शताब्दीभन्दा बढि भइसक्यो । तर अझै खेलाडीले खेलेरै बाँच्ने अवस्था बनिसकेको छैन । आर्थिक असुरक्षा र आफ्नो खेलको जस आफैले नपाउनुले पनि खेलाडीहरु बिदेश पलायन भइरहका हुन् ।

परिषद्ले के गरेकाे छ त भन्दा सदस्यसचिव केशव बिष्टकाे भनाइ 

‘विदेश पलायन कुन देशमा कसरी जान्छन भन्ने हामीले हेरीरहेका छौ । खेलाडीलाई विदेश खेल्न जान रोक्नु भएन । खेल्न जाने तर त्यतै लुक्ने पहिला धेरै थियो अहिले केहि हदसम्म कम भएको छ । तर पुर्ण रुपमा नियन्त्रण हुन हामीले मात्र सक्दैनौ । हामीले हाम्रो ठाउँबाट विदेशीने क्रमलाई नियन्त्रण गर्न विशेष प्रावधान राखेका छौ , खेलाडीको संघको साक्षीहरु, परिवारको सबै जानकारी राखेर मात्र पठाउछौ । तर खब खेल्नै जाने खेलाडीलाई जानदिनुपर्यो । नियन्त्रण भएपनि पुर्ण रुपमा रोकिएो छैन ।’

‘तर गरिव देश आर्थिक अवस्था कमजोर भएका खेलाडी, खेल जीवनपछिको भविष्य सुनिश्चित नहुदा विकसित देशमा गएर आफु आर्थिकरुपमा सम्पन्न भइएला भनेर भासिन्छ । यसको नियन्त्रणका लागि हरेक नागरिक र खेलाडी नेपालमा बसेर पनि आर्थिक रुपमा सवल भइन्छ भनेर बुझ्न जरुरी छ । अन्यथा यो रोकिने संभावना कम छ । यो हाम्रो देशको मात्र समस्या होइन, हरेक गरिव देशका खेलाडी, खेलाडीमात्र होइन हरेक क्षेत्रका ब्यक्तिहरु सम्पन्न देशमा गएर बसेका धेरै उदाहरण छन । यो नियन्त्रणका लागि जवसम्म देश सम्पन्न हुदैन तवसम्म रोकिदैन ।’

‘खेलाडीको हकमा जानु राम्रो कुरा होइन, खेललाई घाटा हो भनेर हामीले नियन्त्रण गरिरहेका छौ । मेरो कार्यकालमा पहिलाको तुलनामा निकै कम भएको छ । तर जानेहरु सबै खेलाडी हाम्रो मातहतमा जादैनन् । कोही क्लवबाट जान्छन, कोही ब्यक्तिगत रुपमा जान्छन, त्यस्ता खेलाडी लुके भन्ने यताकता सुन्नमा आउछ तर त्यसलाई हामी रोक्न सक्दैनौ ।’

‘खेलाडीको भविष्यको सुनिश्चिताका लागि हामीले विगतमा भन्दा राम्रो गर्दै गएका छौ । पदक ल्याउनेहरुलाई भत्ता र पेन्सनको ब्यवस्था गरेका छौ, त्यसलाई बढाएका छौ । यो पदक ल्याउने मात्र होइन सबै राष्ट्रिय खेलाडीलाई हुनुपर्छ । मैले बारम्बार भनेको छु, सरकारले खेलाडीको खेल जीवनपछि पनि स्वाभिमानको जीवन जीउनसक्ने आधारको घोषणा गर्नेपर्छ । खेलाडीले पनि राष्ट्रभावको भावनाको कमिले पनि हो । राम्रो खाउँ राम्रो लगाउ भनेर सबैलाई चाहना हुन्छ, तर त्यसका लागि देशको समस्या, आफुपछिको पिडीको समस्या, देशको समस्या बुझेर देश बनाउनुपर्छ भनेर जवसम्म भावना हुदैन तवसम्म यो समस्या रोकिदैन ।’

‘आर्थिक अभावले मात्र होइन सम्पन्न परिवारका मानिसपनि विदेशीएका छन । तर खेलाडीको हकमाचाहि आफ्नो भविष्य सोचेर जानेगरेका छन । समग्रमा नियम कानुन र परिषदले आफ्नो प्रावधानबाट विदेशीने खेलाडीको क्रमलाई कम गरेको छ तर बाँकी काम सरकारको हो, सरकारले सबैको भविष्य सुरक्षित छ भन्ने आभास गराउन सक्नुपर्छ ।’

खेलाडीहरुको विदेश  पलायनलाई पूर्ण रुपमा रोक्न त नसकिएला तर विदेशलाई आफ्नो अन्तिम गन्तव्य बनाउने खेलाडीहरुको संख्या घटाउन तत्काल पहल नगरिने हो भने यसले नेपाली खेलकुदको विकासमा नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

जो विदेश भासिए

फुटबल

शिव श्रेष्ठ (कतार), अमिर श्रेष्ठ (कतार), सुगन श्रेष्ठ (कतार), राजकुमार विश्वास (कतार), अर्जुन सुब्बा (कतार), गणेश खड्का (कतार) बादल घिसिङ (युएई), कोभित कार्की (दक्षिण कोरिया), युडी गुरुङ (अस्ट्रेलिया), विवेकप्रताप पन्त (अस्ट्रेलिया), जगजित श्रेष्ठ (अस्ट्रेलिया), धीरज तामाङ (अमेरिका), सन्तोष साहुखल (जापान), किरण सुनार (इन्डियन आर्मी), विकास थापा (इन्डियन आर्मी), आकाश थापामगर (ब्रिटिस आर्मी), वसन्त गौचन (जापान), वसन्त थापा (अमेरिका), लोकबन्धु गुरुङ (बेलायत), प्रलय राजभण्डारी (अमेरिका), देवनारायण चौधरी (अमेरिका), उमेश प्रधान (अमेरिका), राजुकमार श्रेष्ठ (अमेरिका), दीपक रानामगर (अमेरिका), प्रशान्त गिरी (अमेरिका), उमेश मास्के (अमेरिका)

अमेरिकामा रहेका तेक्वान्दो खेलाडी र प्रशिक्षक

सविता राजभण्डारी, विधान लामा, लव गोर्खाली, किशोर श्रेष्ठ, अमिर श्रेष्ठ, दिवाकर डान महर्जन, रेणुका रानामगर, निरञ्जन श्रेष्ठ, सीता राई, प्रमिला थापा, यमबहादुर पुन, कुमार कार्की, कल्पना कार्की, सुदर्शनबहादुर केसी, रूपा स्याङतान, मनमोहन वाइवा, सपना मल्ल, सीता धामी, विभा राई, वन्दना श्रेष्ठ, बन्दना श्रेष्ठ, जितुजिमी राई, वसन्त पाण्डे, मनमोहन वाइवा,  मनिता शाही

अमेरिकामा रहेका कराते खेलाडी र प्रशिक्षक

थानेश्वर राई, सुनील लामा, समर गोले, आनन्दु लामा, मकेन्द्रबहादुर सिंह, सरोज भट्टराई, राजेश सुब्बा, शान्ता थोकर, विनिता तामाङ

अमेरिकामा रहेका ब्याडमिन्टन खेलाडी
पशुपति पनेरू, सुमिना श्रेष्ठ, प्रकाश राना

अमेरिकामा रहेका अन्य खेलाडी

विजय डंगोल (बक्सिङ), सुशील पोखरेल (बक्सिङ), लालबहादुर आयर (भारोत्तोलन), नीलम खड्का (सुटिङ), नरबहादुर दाहाल (एथलेटिक्स), रमिला तण्डुकार (भलिबल)
कराते

  • १९९२ जापानले आयोजना गरेको विश्व अन्तर्राष्ट्रिय सितेरियो कराते च्याम्पियनसिपमा सहभागी हुने क्रममा पुरेन्द्रविक्रम लाखे त्यतै लुके । हाल उनी अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष छन् । सोही च्याम्पियनसिपमा केशवसिंह ठकुरी, संघरत्न महर्जन र पशुपतिनाथ मुल्सिमा पनि भागेका थिए ।
  • १९९४ जापानमा भएको हिरोसिमा एसियाडमा मानबहादुर पुन, १९९५ ताइवानमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा समरबहादुर गोले र सोभियन प्रसाईं । प्रहरीले सोभितलाई पक्राउ गरेपछि नेपाल फर्काइयो ।
  • २००० मा जापानमा भएको विश्व सितेरियो च्याम्पियनसिपमा सुरेन्द्रलाल श्रेष्ठ र राजु अधिकारी ।
  • २००५ दक्षिण कोरियामा भएको आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रवि महर्जन ।
    फुटबल
  • १९९४ मा जापानमा सम्पन्न हिरोसिमा एसियाडमा ज्ञानेन्द्र शेरचन ।
  • १९९८ जापानमै भएको विश्वकप छनोटमा राजेश थापा, नरेन्द्र श्रेष्ठ, स्व. बबिन विष्ट र सौगेश श्रेष्ठ ।
  • २००३ दक्षिण कोरियामा एसियन कप छनोटमा शुक्र तामाङ, नारायण मानन्धर, दीपक लामा ।
    उसु
  • २०१४ दक्षिण कोरियाको इन्चोन सहरमा भएको एसियाडमा नीराजन आलेमगर, सोमवीर तामाङ, संघका उपाध्यक्ष विकास तामाङ ।
    बक्सिङ
  • १९९४ जापानको हिरोसिमामा भएको एसियाडमा सुरेश मल्ल ।
  • २००० दक्षिण कोरियाको बुसान एसियाडमा रमेशदास श्रेष्ठ, रमेश श्रेष्ठ, कुमार अधिकारी, सुवर्ण सापकोटा तेजबहादुर राना, अर्जुन तामाङ र रामचन्द्र थापामगर ।
    पौडी
  • २००० अस्ट्रेलियाको सिड्नीमा भएको ओलम्पिक खेलकुदमा प्रशिक्षक युवराज सुनुवार ।
  • २००४ मा इन्डियाना पोलिस फिना विश्व च्याम्पिनयसिपमा चित्रबहादुर गुरुङ । केही वर्षअघि गुरुङको अमेरिकामै निधन भएको थियो ।
    तेक्वान्दो
  • २००१ अमेरिकाको टेक्सासमा भएको २०औँ फोर्थ अन्तर्राष्ट्रिय तेक्वान्दोमा किशोर श्रेष्ठ, कोसिस खड्का, विपिन श्रेष्ठ ।
  • २००३ अमेरिकाको पोर्टल्यान्डमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सीता राई, प्रमिला थापा, रेणुका थापामगर, निरञ्जन श्रेष्ठ, सन्तोष प्रधान ।
  • २००५ मा पोर्टल्यान्डमै भएको पाँचौँ अन्तर्राष्ट्रिय तेक्वान्दोमा रूपा स्याङदेन
  • २०१२ दक्षिण कोरियामा भएको मास्टर्स इन्स्ट्रक्र्समा खम्बा राई, राजेन्द्र शाही, राजकुमार पाण्डे ।
    एथलेटिक्स
  • २००६ मा जर्मनीको बर्लिनमा भएको म्याराथनमा निर्मला भारत
  • २००७ मा जापानको ओसाकामा भएको ११औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा कान्छीमाया कोजु (कोजु हाल नेपालमा फर्की सक्रिय खेलमा आबद्ध) ।
  • २०१४ कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा तिलकराम थारू,
    ब्याडमिन्टन
  • २००८ दक्षिण कोरियामा भएको एसियन जुनियर च्याम्पियनसिपमा राजु पनेरू ।
  • २०१४ इन्चोन एसियाडमा ब्याडमिन्टनका अमन पोडे ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey