पारस र किरणसँगै ३५ खेलाडी सम्मानित हुँदै, को को छन् सम्मानित हुने ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 181 पटक हेरिएको

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गत वर्ष पूर्वाञ्चालमा आयोजना भएका ३५ खेलका उत्कृष्ट खेलाडीलाई आज सम्मान गरिदैछ ।

टोखामा आयोजना हुने कार्यक्रममा ३५ खेलका खेलाडीलाई सम्मान गरिन लागेको हो । जसमा फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, जिम्न्यास्टिक छन् ।

बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन् ।

उत्कृष्ट खेलाडी २०७३ का विजेता 
किरण चेम्जोङ– फुटबल
परशुराम बास्तोला – कराते

स्यान्टु श्रेष्ठ – टेबल टेनिस
अस्मिता राई – शुटिङ
सुनिल थापा – बक्सिङ
दीनेश थापा – भारोत्तोलन
राजु राई – जिम्न्याष्टिक
मयांका राणा – लन टेनिस
विजयकुमार चन्द – कबड्डी
प्रदीप खत्री – सफ्ट टेनिस
उमा राई – ह्यान्डबल
राजेश मगर – साइक्लिङ
प्रदीप राजवंशी– हक्की

पारस खड्का – क्रिकेट
प्रतिभा माली – भलिबल
अरहन्त केशर सिंह – स्क्वास
रत्नजित तामाङ – ब्याडमिन्टन
सदीश प्रधान – बास्केटबल
सुष्मि श्रेष्ठ – फुल कन्ट्याक्ट कराते
तुलसा राजथला – आइटिएफ तेक्वान्दो
अनिल गुरुङ – सेपाकताक्रो
दीलकुमारी तामाङ – खोखो
महेश्वर महर्जन – शारीरिक सुगठन
दीपक मगर – स्नुकर एन्ड बिलियार्ड
रेजिना कार्की – तेक्वान्दो
निमा घर्ती मगर – उसु
फुपु ल्हामु खत्री – जुडो
प्रेमप्रसाद पुन – आर्चरी
शीरिष गुरुङ – पौडी
कान्छीमाया कोजु – एथलेटिक्स
सन्दीप लामा – फेन्सिङ
शुक्रबहादुर राई – गल्फ
बसन्त थारु – ट्रायथोलन
सरोज यादव – कुस्ती

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey