सेरेनाको कमब्याक खेलमा छोरी एलिक्सको चर्चा बढी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 192 पटक हेरिएको

पुर्व विश्व नम्वर एक अमेरीकी सेरेना विलियन्स पाँच महिनापछि पुन कोर्टमा फर्किएकी छिन ।

विवाहपछि एक बच्चाकी आमा बनेकी सेरेना फेड कप टेनिसबाट पुनः खेलमा फर्किएकी हुन ।

फेड कपका नेदरल्याण्ड्स विरुद्धको खेलमा दिदी भेनस विलियम्ससंग डबल्समा सेरेना मैदानमा उत्रिएकी थिइन ।

सेरेना कोर्टमा खेल्दा भन्दा पनि उनकी पाँच महिनाका बेबी एलिक्स ओलम्पिया ओहानियन जुनियरका कारण नर्थ क्यारोलिनाको माहोल निकै तातेको थियो ।

खेलको भन्दापनि उनका छोराको फोटो खिच्न हानाथाप भएको थियो ।

सेरेनाले २०१७ को अष्ट्रेलियन ओपन पछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा उत्रिएकी हुन ।

आठ साता गर्वाअवस्थामा रहेकी सेरेनाले यो बर्षको अष्ट्रेलियन ओपन टेनिस गुमाएकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey