फिरमिनो र सलाहको ‘कम्बिनेसन’मा लिभरपुल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 332 पटक हेरिएको

माघ २९ । साउथह्याम्टनलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्टनको मैदानमा २–० को जित निकाल्यो ।

पहिलो हाफमा दुई गोल गर्दै लिभरपुलले टोटनह्याम र चेल्सीलाई पछि छोड्दै तेस्रो स्थानमा उक्लियो । यससँगै उसले दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडसँगको दुरी पनि घटाएको छ ।

खेलको छैटौं मिनेटमा रोबर्टो फिरमिनोले मोहम्मद सलाहको पासमा रोबर्टो फिरमिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा फिरमिनोको पासमा यसपटक मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै गोल नभएपछि लिभरपुलले २–० कै नतिजामा ३ अंक जोड्यो । लिभरपुल २७ खेलबाट ५४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।

साउथह्याम्टन भने २६ अंक सहित रेलिगेसन जोनमा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey