रेस्लरले प्रकाशसँग माफी मागे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 192 पटक हेरिएको

माघ २८, काठमाडौं । पत्रकार प्रकाश कँडेललाई पत्रकार सम्मेलनमा दुब्र्यवहार गरेको अमेरिकी रेस्लर जिसस मलिकीले लिखित रुपमै माफी मागेका छन् ।

आइतबार समाचार संकलनका लागि काठमाडौंको रोयल सिंगी होटल पुगको नयाँ पत्रिका दैनिकका खेलकुद सम्बाददाता प्रकाशमाथि रेस्लर मलिकीले धम्कीपूर्ण शब्द प्रयोग गरी हात हाल्ने सम्मको प्रयास गरेका थिए ।

प्रकाशले प्रश्न सोधेपछि उनी सामु आएर रेस्लर मलिकीले दुब्र्यवहार गरेका थिए ।

नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका पत्रकार प्रतिष्ठान, महानगरिय प्रहरी प्रमुख र नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष र महासचिवको उपस्थितीमा जिससले घटनाप्रति लिखित रुपमै माफी मागेका हुन् । रेस्लर जिससले आउँदो दिनमा यस्तो घटना नदोहो¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

यस घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्चले भत्र्सना गरेको छ । साथै उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ र राष्ट्रिय खेलकुद परिषद्लाई पनि ध्यानाकर्षण गराएको छ ।

आजै रिङ रेस्लिङ संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख ब्यक्त गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey