डिभिजन-२ मा नेपालको दोस्रो जित, युएई ४ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 177 पटक हेरिएको

माघ २८ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपालले दोस्रो जित हात पारेको छ । अार्इतबार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले हरायाे । जितपछि नेपालको शिर्ष २ मा रहँदै विश्वकप छनाेट खेल्ने सम्भावना बलियाे बनाएकाे छ ।

बर्षाका कारण करिव तीन घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई ३१ ओभरमा ११४ रनमा अलआउट भयो ।

३४ ओभरमा झारिएको खेलमा युएर्इलार्इ २५ का लागि ३ विकेट लिएकाे थियाे ।

त्यसपछि लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो ।

युएर्इका सइमन अनवर ३० रनमा आउट भए । युएईको स्कोर ७१ रन हुँदा नेपालले छैटौ सफलता हात पायाे । यसपटक पनि सन्दिपले नै विकेट लिए ।

त्यसपछि कप्तान पारस खड्काले दुई विकेट लिएपछि युएईले ९५ रनमा ८ विकेट गुमायो । उसका अद्नान मुफ्तीले १८ तथा मोहम्मद बोटाले १५ रन बनाए ।

लगत्तै युएईको १०९ रन हुँदा सोमपालले नवाैं विकेट लिए । बलिङ तर्फ सन्दिप लामिछाने ३ र सोमपाल कामीले ४ विकेट लिए भने पारस खड्काले २ विकेट हात पारे ।

जवाफमा नेपालले २८.५ अाेभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । नेपालको ब्याटिङ आज पनि सुरुवात खराव रह्यो । ९ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले २० रन बनाउँदा  महतवपूर्ण ३ विकेट खेर फाल्यो ।

ज्ञानेन्द्र मल्ल ५ रनमा आउट हुँदा दिलिप नाथले २ तथा दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकर पनि मात्र ३ रनमा आउट भएपछि नेपालले ४६ रनमा चार विकेट गुमायो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक प्रहार गरेका छन । पारसले ४८ बलमा २ चाैका र ५ छक्का हान्दै ५१ रनको योगदान गरे ।

तर अर्धसतक प्रहार गरेलगत्तै पारस आउट भएपछि नेपालले ७६ रनमा ५ विकेट गुमायो । त्यसपछि आरिफ शेखले १६ तथा रोहित पौडेलले १२ र सोमपाल कामीले १० रनको योगदान गरे ।

अब नेपालले साेमबार केन्यासंग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal