राखेपकाे प्रशिक्षण शिविर- राष्ट्रिय टाेलीकाे ‘ब्याक अप’ बनाउने लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-१५
  • |
  • 301 पटक हेरिएको

नेप्लेज । राष्ट्रिय खेलकुद विज्ञान प्रतिष्ठानले सुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरले नयाँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । एक साता लामो प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी छन् ।

अहिले कराते, उसु, तेक्वान्दो र एथलेटिक्सका युवा खेलाडी प्रशिक्षणमा छन् । सातदोबाटोस्थित हलमा करातेको प्रशिक्षण भइरहेको छ । प्रशिक्षणमा केही प्रतिभावान खेलाडी पनि छन् जसले राष्ट्रिय टिममा पनि स्थान बनाउन सक्नेछन् ।

करातेमा प्रतिभावान खेलाडीको कमी छ । सिनियर खेलाडीको स्थान पूर्ति गर्ने खेलाडी नै नभएको अवस्थामा नयाँ खेलाडी आवस्यक रहेको प्रशिक्षक कुशल श्रेष्ठको भनाई छ, ‘सिनियर खेलाडी रिटायर्ड भएपछि उनीहरुको स्थानमा आउने खेलाडी नै भएनन् । यो प्रशिक्षण शिविरले बी र सी टिम राख्ने वातावरण समेत बन्नेछ ।’

‘राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण प्रतिष्ठानको अवधारणा अनुरुप उनीहरुलाई प्रशिक्षण र अध्ययन दुबैको मौका पाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि नेपालको प्रदर्शन राम्रो हुन सक्नेछ ।’

प्रशिक्षक श्रेष्ठले आफ्नो करियरकै सबैभन्दा राम्रा प्रतिभा आएको बताए । ‘यी प्रतिभाहरुलाइ लामो समयका लागि प्रशिक्षणको ब्यवस्था गर्नुपर्छ ।’

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रशिक्षण दिएको हो । २०७२, २०७३ र २०७४ मा संचालन भएको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ब्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडी यो क्याम्पमा सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey