मदन भण्डारी स्मृति गोल्डकपमा थ्रीस्टारको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०७
  • |
  • 180 पटक हेरिएको

माघ ७, सुनसरी । सर्वाधिक पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता मदन भण्डारी स्मृति गोल्डकपमा ललितपुरको थ्रीस्टार क्लवले विजयी सुरुआत गरेको छ ।

शनिबार भएको प्रतियोगिताको उदघाटन खेलमा बिदेशी स्ट्राइकर मार्टिनको २ गोलको सहयोगमा थ्रीस्टारले बिभागीय टोली एपीएफलाई २–१ ले हरायो । मार्टिन खेलको म्यान अफ द म्याचसमेत चुनिए । उनले १० हजार पुरस्कार पाए ।

खेलको ३८औं मिनेटमा र दोस्रो हाफ सुरु भएलगत्तै मार्टिनले थ्रीस्टारका लागि गोल गरेका थिए । दोस्रो हाफमा एपीएफले खेलमा फर्कने प्रयास गरेको थियो तर अफल भएन ।

६७औं मिनेटमा थ्रीस्टारका अर्का बिदेशी खेलाडी पिटरले आत्मघाती गोल गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल थ्रीस्टारले जित्यो ।

इटहरीको राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगतिामा ८ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १२ लाख नगद, साढे २ तोला सुन र ८० तोला चाादीबाट निर्मित ट्रफि पाउनेछ भने उपबिजेताले ५ लाख नगद पाउनेछ

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले गरेकी थिइन् । मदन मण्डारीकी पत्नी राष्ट्रपति भण्डारीले स्वर्गीय पतिको मनपर्ने खेल फुटबल नै भएकाले उहााको नामबाट प्रतियोगिताको आयोजना भएकोमा खुसी लागेको बताइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey