तनावपुर्ण खेलमा ३ रातो कार्ड, सशस्त्रलाई ४-० ले हराउँदै अार्मी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 136 पटक हेरिएको

माघ २८, बारा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई हराउदै त्रिभुवन आर्मी क्लव सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा भएको खेलमा १० खेलाडीमा झरेको आर्मीले नौ खेलाडीमा घटेको एपिएफलाई ४–० गोलले हराउदै अन्तिम चारमा प्रवेश गर्यो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ एक र जर्ज प्रिन्स कार्कीले दुई गोल गरे । प्रतिस्पर्धात्मक खेलको आधा घण्टा गोलरहित बराबरी भएपछि ३६ औ मिनेटमा आर्मीले अग्रता बनायो । उसका लागि जर्ज प्रिन्स कार्कीले गोल गर्न सफल भए । पहिलो हापमा एक गोलको अग्रता बनाएको आर्मीले ४७ औ मिनेटमा दोस्रो गोल गरयो ।

यसपटक आर्मीका लागि नवयुग श्रेष्ठले गोल गर्न सफल भए । त्यसपछि ७० औ मिनेटमा आर्मीले अग्रता तीन शुन्यमा पुरयायो । उसका लागि दिनेश हेन्जनले गोल गरे । तर त्यसको तीन मिनेट आर्मी र सशस्त्रका खेलाडी विच तनाव भएपछि रेफ्रि प्रकाशनाथ श्रेष्ठले तीन खेलाडीलाई साझै रातो कार्ड दिए ।

एपिएफका रञ्जन र अन्जन विष्ट र आर्मीका नवयुग श्रेष्ठले रातो कार्ड पाए । जसका कारण एपिएफ नौ खेलाडीमा झरयो भने आर्मी १० खेलाडीमा घट्यो ।

८२ औ मिनेटमा आर्मीले खेलाडी कम भएको फाइदा उठाउदै एपिएफ विरुद्ध जर्ज प्रिन्स कार्कीले ब्यत्तिलगत दोस्रो तथा टिमका लागि चौथो गोल गरयो ।

त्यसपछि एपिएफ खेलमा फर्कन सकेन र आर्मीले सेमिफाइनलमा प्रवेश गरयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey