ओपन वाटर पौडीकाे उपाधी सिरीष गुरूङले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-२६
  • |
  • 431 पटक हेरिएको

ओलम्पियन शिरिष गुरुङले पोखरामा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् ।

फेवातालमा आज भएको प्रतियोगितामा नेपाली सेनाका गुरुङले निर्धारित २ दशलमव ५ किलोमिटर दुरी २१मिनेट ३२ दशमलव छ सात सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् । यसअघि उनले प्रतियोगिताको पाचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९ मिनेट ४० सेकेण्डमा दुरी पार गरेको रेकर्ड उनकै नाममा छ ।

प्रतियोगितामा वेदज्ञराज जोशी दोस्रो भए । उनले २१ मिनेट ३८ दशमलव ११ सेकेण्डमा दुरी पार गरे । दीपंकर अवाले २१ मिनेट ४२ दशमलव ९२ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैया प्राप्त गरे ।

महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३ दशलमव ३५ सेकेण्डमा दुरी पार गरिन् । समिराशोभा थापाले २३ मिनेट ५५ दशलमव नौ पाच सेकेण्डमा दुरी पार गरेर दोस्रो स्थान हासिल गरिन् ।

तेस्रो भएकी श्रेबी महर्जनले २४ मिनेट ०५दशमलव सात सात सेकेण्डमा दुरी पार गरिन् । विजेताले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैया प्राप्त गरे ।

पोखराका खेलाडीमध्येबाट धनमान गुरुङ पहलो भए । उनले २६.४८.७४ मिनेटमा दुरी पुरा गरे । अर्जुन नेपालीले ३०.१८.१० मिनेटमा दुरी पार गरेर दोस्रो र चौधरीले ३३.५६ं.४९ मिनेटमा दुरी पार गरेर तेस्रो भए ।

उनीहरुले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैया पाए । प्रतियोगिले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुनः बाराहीघाट फर्किएका थिए ।

प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey