१३औं सागः तयारी समितिको बैठक कात्तिक ११ मा, नयाँ मिति तोकिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-२६
  • |
  • 180 पटक हेरिएको

नेप्लेज, २६ असोज । नेपालमा आगामी मार्च ९ देखि १८ सम्म हुने भनिएको १३औं दक्षिण एशियाली खेलकुद निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएसँगै नयाँ मिति घोषणा गर्न प्रतियोगिता तयारी समितिको बैठक बस्न लागेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको नेतृत्वमा रहेको प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिको बैठक आगामी कात्तिक ११ गते बस्ने निर्णय भएको छ ।

विश्वकर्माले खेलकुद मन्त्रालयको निम्मेबारी संहालेसँगै साग तयारी समितिको बैठक बस्न सकेको थिएन । गत महिना मन्त्रीपरिषदको बैठकमार्पत तयारी समिति पुनर्गठन गरेर बैठक बस्न लागिएको हो ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा रहने प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिमा प्रतियोगिताको खेल स्थल प्रदेश नम्बर ३ र गण्डकी प्रदेशका मुख्यमन्त्री सँगै राष्ट्रिय सभा अध्यक्षतालाई पनि समावेश गरेको छ ।

त्यस्तै मन्त्रीको संयोजकत्वमा बनेको तयारी तथा व्यवस्थापन समितिमा पनि खेल स्थलका स्थानीय प्रतिनिधिलाई समावेश गरिएको छ । काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकाका मेयरलाई यस समितिमा समावेश गरिएको खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

खेलकुदमन्त्री विश्वकर्माले भौतिक पूर्वाधारका कारण प्रतियोगिता समयमै सम्पन्न हुन नसक्ने जानकारी दिए । उनले तयारी समितिको बैठकले सन् २०१९ भित्र सम्पन्न गर्ने गरी सहभागी सबै मुलुकको समय अनुकुल बनाएर नयाँ मिति तोकिने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey