नेपाल vs युएर्इ LIVE: नेपालकाे दाेस्राे विजय, युएर्इ ४ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 292 पटक हेरिएको

२९ अाेभरकाे पाँचाैं बलमा साेमपाल कामीले ३ रन लिएपछि नेपालले ४ विकेटकाे जित हात पारेकाे छ । नेपालले जारी प्रतियाेगितामा दाेस्राे जित हाे । यस अघि नेपालले नमिवियालार्इ हराएकाे थियाे भने दाेस्राे खेलमा अाेमानसँग पराजित भएकाे थियाे । 

अाजकाे खेलमा कप्तान पारस खड्का नायक बने । सानाे लक्ष्य भएपनि अन्य खेलाडीकाे ब्याट चल्न नसक्दा पारसले अर्धसतक प्रहार गरेपछि नेपाल जित नजिक पुगेकाे थियाे ।

विकेट: १६ रन बनाएर अारिफ शेख एलबीडब्ल्यु अाउट भएका छन् । 

-पारस खड्को एकल प्रदर्शनमा नेपालले युएई विरुद्धको खेलमा जित नजिक पुगेको छ ।
३४ ओभरमा छोट्याइएको खेलमा युएई ३१ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटिएको थियो । नेपालले अहिले १०० रन पुरा गरेको छ । १०० रन भेटाउनका लागि ५ विकेट गुमाएको नेपालका लागि पारस खड्काले कप्तानी पारी खेले । उनले २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाउँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । आरिफ शेखले १५ रन बनाएका छन् ।

 

  • पारसकाे स्थानमा राेहीत पाैडेल क्रिजमा अाएका छन् ।

विकेटः पारस खड्का अर्धसतक पुरा गर्दै अाउट भएका छन् । अामिर हायातकाे बलमा अहमद राजाबाट क्याच हुनुपूर्व पारसले ५१ रन बनाए । ४८ बल खेलेका पारसले २ चाैका र ५ छक्का प्रहार गरेका थिए ।

– नयाँ ब्याट्सम्यानकाे रुपमा अारिफ शेख क्रिजमा अाएका छन् ।

विकेटः १२.५ अाेभरमा नेपालले चाैथाे विकेट गुमाएकाे छ । शरद भेषावकर राेहन मुस्तफाकाे बलमा एलबीडब्ल्यूकाे धरापमा परेका छन् । उनले ३ रनमात्र जाेडे ।

– सुरुमै इनिङ धर्मराए पनि नेपालका लागि कप्तान पारस र भेषावकरले संहालिएकाे प्रदर्शन गरिरहेका छन् । पारस ३१ बलमा २४ र शरद १२ बलमा ३ रनमा खेलिरहेका छन् ।

– ९ अाेभरकाे समाप्तिमा नेपालले ३ विकेट गुमाएर ३२ रन जाेडेकाे छ ।

– शरद भेषावकर क्रिजमा अाएका छन् । नेपालले ८ अाेभरमा ३ विकेट गुमाएर २५ रन जाेडेकाे छ ।

विकेटः नेपालले तेस्राे विकेटका रुपमा दिपेन्द्र सि‌ंह एेरीलार्इ व्यक्तिगत ४ रनमा अाउट भएका छन् ।

– नयाँ ब्याट्सम्यानका रुपमा दिपेन्द्र सि‌ंह एेरी क्रिजमा अाएका छन् ।

विकेटः ज्ञानेन्द्र ३‍.३ अाेभरमा अमिर हायतकाे बलमा अाउट भएका हुन् ।

– अर्का अाेपनर ज्ञानेन्द्र मल्ल पनि अाउट भएका छन् । नेपालका दुवै अाेपनर सस्तैमा अाउट भएपछि नेपालकाे इनिङ धर्मराएकाे छ ।

– नयाँ व्याट्सम्यानकाे रुपमा कप्तान पारस क्रिजमा अाएका छन् ।

विकेटः ११५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले पहिलाे विकेट गुमाएकाे छ । तेस्राे अाेभरकाे पाँचाैं बलमा अाेपनर दिलिप नाथ ३ रन बनाएर अाउट भएका छन् । उनी माेहम्मद नभीदकाे बलमा अाउट भएका हुन् ।

११५ रनकाे लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ सुरु गरेकाे छ । उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नेपालकाे अाेपनिङ गरेका छन् ।

०००

-‍ ११५ रनकाे लक्ष्य पाएकाे नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।

– ३१ अाै‌ं अाेभरमा युएर्इ ११४ रनमा अलअाउट भएकाे छ ।

विकेटः साेमपाल कामीले व्यक्तिगत चाैथाे तथा युएर्इकाे अन्तिम विकेट लिएका छन् ।

विकेटः नवौं विकेटको रुपमा सोमपाल कामीले २८.५ ओभरमा मोहम्मद नभिदलाई १० रनको व्यक्तिगत स्कोरमा उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट गराए ।

विकेटः कप्तान पारसले २७अाैं अाेभरकाे पहिलाे बलमा युएर्इकाे अाठाै‌ं विकेट लिएका छन् । उनले अदन मुफ्तीलार्इ १८ रनमा अाउट गराए ।

विकेटः २४.५ अाेभरमा युएर्इले साताै‌ं विकेट गुमाएकाे छ । कप्तान पारस खड्काले माेहम्मद बाेतालार्इ अाउट गराएका हुन् । २५ अाेभरः युएर्इ- ८८/७

विकेटः २१‍.४ अाेभरमा युएर्इकाे छैटाै‌ं विकेट पतन हुने क्रममा सन्दिप लामिछानेले साइमन अनवारलार्इ ३० रनकाे ब्यक्तिगत स्काेरमा बाेल्ड गरेका छन् । २२ अाेभरमा युएर्इ- ७६/६

– २० अाेभरकाे खेल सकिँदा युएर्इ- ६४/५

– सन्दिप अाफ्नाे दाेस्राे अाेभर लिएर बलिङका लागि अाएका छन् ।

– प्रतियाेगितामा यसअघिका दुर्इ खेलमा ६ विकेट लिएका सन्दिपले अाजकाे खेलमा अाफ्नाे पहिलाे अाेभरमै लगातार दुर्इ विकेट लिएका छन् ।

– १७.२ अाेभरमा रमिज शाहजादलार्इ दिपेन्द्र एेरीकाे हातबाट क्याच अाउट गराएका सन्दिपले अर्काे बलमा माेहम्मद उस्मानलार्इ विकेट किपर दिलिप नाथकाे हातबाट स्टम्पिङ अाउट गराए ।

 विकेटः १८अाैं अाेभरकाे दाेस्राे र तेस्राे बलमा युवा स्टार सन्दिप लामिछानेले विकेट लिएका छन् ।

– ड्रिंक्स

– १७ अाेभरकाे समाप्तिमा युएर्इ- ५४/३

– १७अाैं अाेभरकाे चाैथाे बलमा अारिफ शेखकाे बलमा युएर्इका साइमन अनवारले चाैका प्रहार गरेका छन् ।

– युएर्इले ५० रन पूरा गरेकाे छ । १६अाैं अाेभरमा उसले ५० रनकाे अाँकडा पूरा गरेकाे हाे ।

– १३ अाेभरकाे समाप्तिमा युएर्इले ३ विकेट गुमाएर ४० रन बनाएकाे छ । तीनकाे रनरेटमा युएर्इ खेलिरहेकाे छ ।

– सुरुअातमै तीन महत्वपूर्ण विकेट गइसकेपछि युएर्इका ब्याट्सम्यानहरु स‌ंयमित पारी खेलिरहेका छन् । जसले गर्दा उनीहरुलार्इ दवाव बढ्दाे छ भने नेपाली टाेली उत्साहित छ ।

– १२अाैं अाेभरमा कप्तान पारस खड्काले मेडन अाेभर बलिङ गरेका छन् ।

– युएर्इका रमिज साहजाद र साइमन अनवार क्रिजमा छन‍् ।

– ११अाैं अाेभर लिएर अारिफ शेख अाएका छन् । अारिफले याे अाेभरमा मात्र १ रन दिए

– पावर प्ले अर्थात १० अाेभरकाे खेल सकिएकाे छ । टस हारेर ब्याटिङ गरिरहेकाे युएर्इले ३ विकेट गुमाएर ३६ रन बनाएकाे छ । युएर्इकाे सुरुअाती तीन मध्ये दुर्इ साेमपाल र एक विकेट करण केसीले लिएका हुन् ।

– पावर प्लेकाे अन्तिम अाेभरमा कप्तान पारस खड्का बलिङका लागि अाएका छन् ।

विकेटः अाठाैं अाेभरकाे पहिलाे बलमा युएर्इले तेस्राे विकेटका रुपमा अाेपनर राेहन मुस्तफालार्इ ७ रनकाे ब्यक्तिगत स्काेरमा गुमाएकाे छ । करण केसीले उनलार्इ विकेटकिपर दिलिप नाथकाे हातबाट क्याचअाउट गराएका हुन् ।

विकेटः नेपालले युएर्इकाे दाेस्राे विकेट लिएकाे छ । साेमपालले घुलाम सब्बरलार्इ शरद भेषावकरकाे हातबाट क्याच अाउट गराएका छन् । सब्बरले २३ बलमा १६ रन बनाएर अाउट भए । ७ अाेभरकाे समाप्तिमा युएर्इ २५/२

– ६ अाेभरकाे खेल सकिएकाे छ । युएर्इका घुलाम सब्बरले इनिङकाे पिहलाे बाउन्ड्री प्रहार गरेका छन् ।

– ५ अाेभरकाे खेल सकिँदा युएर्इले १ विकेट गुमाएर १६ रन बनाएकाे छ । पछिल्लाे अाेभरमा साेमपाल कामीले  रनमात्र खर्चेका छन् ।

– ४ अाेभरकाे खेल सकिँदा युएर्इले १ विकेट गुमाएर १५ रन बनाएकाे छ ।

– नेपालका दुर्इ फाष्ट बलर साेमपाल कामी र करण केसीले दुर्इ एण्डबाट बलिङ गरिरहेका छन् ।

– ३ अाेभरकाे समाप्तिमा युएर्इले १ विकेट गुमाएर १२ रन जाेडेकाे छ ।

विकेटः पहिलाे अाेभरमा साेमपाल कामीले विकेट लिएका छन् । युएर्इका अाेपनर अस्फाक अहमद अाउट भएका हुन् ।

माघ २८ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाल अहिले युएईसंग खेलिरहेको छ ।

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

३४ ओभरमा झारिएको खेलमा नेपालले युएईको एक रन हुदा पहिलो विकेट लिन सफल भयो । नेपाललाई सोमपालले पहिलो सफलता दिलाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey