राष्ट्रिय ब्याडमिन्टनमा तामाङ दिदीभाइद्वारा उपाधि रक्षा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०७
  • |
  • 210 पटक हेरिएको

माघ ७, कञ्चनपुर । राखेप च्याम्पियनसिप अन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टनमा त्रिभुवन आर्मी क्लवका दिदीभाइ नङशलदेवी तामाङ र रत्नजित तामाङले क्रमस: महिला र पुरुष एकलतर्फ उपाधि रक्षा गरेका छन् ।

शनिबार महेन्द्रनगरमा भएको फाइनलमा आर्मीकी नङशलले एपीएफकी दिक्षा श्रेष्ठलाई २१–१३ र २१–१४ को सेटमा हराउादै स्वर्ण पदक जितेकी हुन् । उनको यो राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो उपाधि हो ।

यता टिम इभेन्टमा ब्यहोरेको हारको बदला लिादै पुरुष एकलको फाइनलमा आर्मीकका रत्नजितले एपीएफका दिपेश धामीलाई २–१को सेटमा पाखा लगाए । पहिलो सेट १९–२१ ले गुमाएका रत्नजितले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २१–६ र २१–१२ को जित निकाले । रत्नजितको यो लगातार चौथो राष्ट्रिय उपाधि हो ।

बिभागीय टोलीका खेलाडीहरुको बर्चश्व रहेको प्रतियोगिताको पुरुष डवल्समा पनि आर्मीलै रत्नजित र नवीव श्रेष्ठको जोडीले एपीएफका दिपेश र विजित थापामगरको जोडीलाई २१–१९ र २१–१४ ले हराए ।

एपीएफको यही जोडीले पुरुष टिम इभेन्टमा भने स्वर्ण जितेको थियो ।

महिला डवल्सको स्वर्ण आर्मीले जित्दा नङशल र अनुमाया राईको जोडीले एपीएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९ र २१–१५ ले हराए । मिक्स डवल्समा पनि आर्मीका दिदीभाइ रत्नजित र नङशलको जोडीले एपीएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९ र २१–१० को सेटमा हराउादै स्वर्ण जिते ।

प्रतियोगितामा पुरुष/महिला एकल तथा डवल्स, मिक्स डवल्स र पुरुष/महिला टिम इभेन्टस गरी ७ स्वर्णका लागि पााच विकास क्षेत्र र तीन विभगीय टोलीबाट ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey