ला लिगामा रोनाल्डोको ३३औं ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 147 पटक हेरिएको

माघ २८ । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिजनको पहिलो तथा ला लिगामा ३३औं ह्याट्रिक पूरा गरेपछि रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंकदूरी कम गरेको छ ।

यस खेललाई च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार फ्रान्सेली जायन्ट पीएसजीबिरुद्धको खेलको वार्मअपको रुपमा हेरिएको छ ।

खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७औं मिनेटमा मार्सेलोको क्रसमा गोलको खाता खोले । ३७औं मिनेटमा लुका मोड्रिकको कर्नरमा हेड गोल गर्दै रोनाल्डोले व्यक्तिगत गोलसंख्या दुई बनाए । त्यसको तीन मिनेटअघि टोली क्रुजले गोल गरेका थिए ।

पहिलो हाफमा चार शून्यको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफको सुरुमै गोल खायो । तर रोनाल्डोले क्लोज रेञ्जबाट गोल गरी ह्याट्रिक पूरा गरे पनि टिमका लागि पाँचौं गोल गरे । त्यसपछि सोसिडाडका इरामेण्डीले टिमका लागि दोस्रो गोल गरे पनि हार टार्न सकेनन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal