निशा गुरुङ पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-२३
  • |
  • 495 पटक हेरिएको

पंचकन्या स्कुलकी निशा गुरुङ सोतोकान कराते (एसकेडियुएन्)को बेल्ट टेष्टमा पहिलो स्थान हात पार्न सफल भएकी छिन् । दोश्रो स्थानमा निशेष गुरुङ्ग र तेश्रो स्थानमा मनिष बोगटी रहे ।

नेपाल सोतोकान कराते (एसकेडियुएन्(को आयोजनमा चुनदेवीस्थित पंचकन्या स्कुलका सोतोकान करोते खेलाडीहरुको मंगलबार बेल्ट टेष्ट गरिएको थियो । उक्त टेष्टमा १४ प्रशिक्षाथी खेलाडीहरुले ओरेन्ज बेल्ट प्राप्त गरेका थिए ।

यस्तै संघले बुढानिलकण्ठस्थित आफ्नै डाजोमा गरेको ब्लाक बेल्ट परिक्षामा ५ जनाले ब्लाक बेल्ट परिक्षा पास गर्न सफल भएको नेपाल सोतोकान कराते संघका महासचिव तथा प्रशिक्षक गोविन्द श्रेष्ठले जनाएका छन् ।

बेल्ट टेष्ट परिक्षा नेपाल सोतोकान कराते (एसकेडियुएन)का अध्यक्ष एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्ग, महासचिव एवं प्रशिक्षक गोविन्द श्रेष्ठ र प्रशिक्षक रुपेश कुवरले लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal