पदक विजेता कराते खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-२२
  • |
  • 781 पटक हेरिएको

नेप्लेज, २२ असोज । ब्रिटिस ओपन इन्टरनेसनल कराते(विकेएस) प्रतियोगितामा पदक बिजेता कराते खेलाडी सोमवार सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतवहानुर बिश्वकमा,सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडी विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सृजना अधिकारीलाई सम्मान गरेका हुन् ।

ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लिसेस्टरमा असोज ६ र ७ मा सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले रजत जितेका थिए ।

सोनमले नै कुमुतेको ब्यक्तिगत स्पर्धा अन्र्तगत पुरुष ६० केजीमूनीमा नेपाललाई कास्य पदक दिलाएका थिए ।

त्यस्तै नेपालकातर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एशियन रेफ्री सृजना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिइन् । नेपाली टिममा सहभागी व्यवस्थापक राजेन्द्र दुलाल, कुवेर एसके, खेलाडी सागर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal