एन्फा अध्यक्षमा कर्मा छिरिङको उम्मेदवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 202 पटक हेरिएको

माघ २७, काठमाडौं । कर्मा छिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न कार्यसमिति निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी चैत १४ गते हुने एन्फा निर्वाचनका लागि काठमाडौंमा पत्रकार सम्मेलन गरी शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाली फुटबलमा परिवर्तनको अभियान चलाएका कर्माले सबै खेलप्रेमी तथा पदाधिकारीलाई आशन्न निर्वाचनमा आफुलाई समर्थन गर्न अपील समेत गरेका छन् ।

उनले, आफू अध्यक्ष भएपछि एन्फामा पारदर्शीता र सबैलाई समान पहुँच, अवसर प्रदान गर्ने दाबी गरे । नेपाली फुटबलको विकासका लागि आफुसँग धेरै कार्ययोजना रहेको बताउँदै कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलमा परिवर्तन तथा विकास छोटो समयमा नै सम्भव रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘भाग हैन सबैले भूमिका खोजौं, सबै मिलेर फुटबलको चौतर्फी विकासमा एकजुट होऔं ।’

एन्फाका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा ए डिभिजन क्लव संकटाका अध्यक्ष ईन्द्रमान तुलाधरको प्रस्ताव तथा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले कर्मालाई सर्मथन गरेका छन् ।

कार्यक्रममा बोल्दै संकटाका अध्यक्ष तुलाधरले एन्फा भित्रै बसेर परिवर्तनको प्रयास गरेपनि नेतृत्वको अक्षमताका कारण परिवर्तन सम्भव नभएकाले अब परिवर्तनको नेतृत्वकर्ता कर्मा छिरिङलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरे ।
‘एन्फामा परिवर्तन र शुद्धिकरणका लागि कर्मा सबैभन्दा उपयुक्त ब्यक्ति हुन् ।’ इन्द्रमानले थपे, ‘एन्फामा सधैं अदृष्य शक्ति परिवर्तनको बाधक बनिरहेको थियो, अब त्यस शक्तिलाई पराजित गर्नपर्छ ।’

यस अघि एन्फाको अध्यक्षको उम्मेद्वारी घोषणा गरिसकेका वरिष्ठ प्रशिक्षक कृष्ण थापाले परिवर्तनको पक्षमा रहने सबै शक्ति एक भएको अवस्थामा उम्मेद्वारी फिर्ता गर्दै कर्मालाई समर्थन गरेको घोषणा गरे ।
‘कर्मा छिरिङले विक्रिती विसंगति र आर्थिक अपारदर्शीको विरोधमा गरिरहेको आन्दोलनमा मेरो सधैं साथ रहँदै आएको छ ।’ प्रशिक्षक थापाले भने ।

कार्यक्रममा एन्फा निर्वाचनमा मताधिकार पाएका अधिकांशको सहभागिता थियो ।

राष्ट्रिय टिमका पूर्व कप्तान विज्ञानराज शर्माले फुटबलको विकासमा प्रतिबद्धता ब्यक्त गरेका कर्मालाई आफ्नो समर्थन रहेको बताए । अहिलेको फुटबल ओरालो लागिरहेको अवस्थाको जिम्मेवारी असक्षम नेतृत्व रहेको बताउँदै उनले भने, ‘फुटबलमा सामूहिक नेतृत्वमा विश्वास गर्ने र अधिकार विकेन्द्रिकरणको पक्षमा रहेको कर्मालाई मेरो समर्थन छ ।’

कर्मा एन्फा शुद्धीकरण अभियानका नेतृत्वकर्ता हुन् । एन्फाको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कर्मा गत वर्ष भएको मध्यवधि निर्वाचनमा अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । हिमालयन शेर्पा क्लवका अध्यक्ष रहेका कर्मा त्यसअघि एन्फाका उपाध्यक्ष थिए ।

कार्यक्रममा कर्माको पक्षमा पूर्व अध्यक्ष टासी घले, एन्फाका निवर्तमान उपाध्यक्ष वीरबहादुर खड्का लगायत जिल्ला संघका प्रतिनिधि, ए, बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले आफ्नो समर्थन ब्यक्त गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal