बीएनए र एन्जल्स हार्ट जुनियर बास्केटबलको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 512 पटक हेरिएको

माघ २७, काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट प्रथम एक्टिभ अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एक्टिभ स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको क्वाटरफाइनलमा बीएनएले पृथ्वीलाई २४–१९ ले पराजित ग¥यो । एन्जल्स हर्टले लिटिल मुनलाई २८–२५ ले हरायो ।

अन्य क्वाटरफाइनलमा नेपाल मोडेलले लभ्ली एन्जललाई २६–१९ तथा ओडिसीले मन्जरीलाई २५–२० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा नेपाल मोडेलको भेट बीएनएसँग हुनेछ भने ओडीसीले एन्जल्स हार्ट विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey