आईसीसी डिभिजन टूको पहिलो खेलमा नेपाल र नामिविया भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०६
  • |
  • 250 पटक हेरिएको

 

माघ ६, काठमाडौं । आगामी माघ २५ गतेदेखि नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो पहिलो खेल नेपालले आयोजक टोलीसाग खेल्ने भएको छ ।

आईसीसीले शनिबार सार्वजनिक गरेको खेलतालिकामा नेपालले माघ २५ गते बिहीबार शुक्रबार आफ्नो पहिलो खेल नामिवियासाग खेल्नेछ । दोस्रो खेलमा नेपालले ओमानसाग प्रतिस्पर्धा गर्नेछ । ओमान आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट बढुवा भएर आएको टोली हो ।

त्यसपछि नेपालले तेस्रो खेल माघ २८ गते आइतबार युएईसाग खेल्नेछ । नेपालले माघ २९ गते चौथो खेल केन्यासाग र फागुन २ गते पाचौं खेल क्यानडासाग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष २ स्थानमा रहने टोली डिभिजन वानमा बढुवा हुनेछ भने सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछ । नेपालले शीर्ष २ भित्र पर्ने लक्ष्य लिएको छ ।

फागुुन ३ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने तेस्रो र चौथो स्थानका लागि पनि त्यही दिन खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal