मिस नेपाल निकिता प्रधानमन्त्री कप भलिबलको सदभावना दूत

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 228 पटक हेरिएको

माघ २७, काठमाडौं । नेपालगञ्जमा हुने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पाँचौं संस्करणका लागि मिस नेपाल निकिता चन्दक सदभावना दूत नियुक्त भएकी छन् ।

प्रतियोगिताको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी र मिस नेपालको आयोजक हिडेन ट्रिजरका अध्यक्ष गोपालसुन्दर कक्षपतिबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार मिस नेपाल चन्दकले प्रतियोगिताको प्रवद्र्धन गर्नेछिन् ।

‘नेपालको राष्ट्रिय खेलको प्रवद्र्धनमा हामीले गरेको प्रस्तावमा हिडेन ट्रेजर टिमले सहर्ष स्वीकार गरेकोमा हामी उत्साहित छौं ।’ सम्झौतापछि बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले भने ।

प्रधानमन्त्री कपका हरेक संस्करणमा मिस नेपाल नै सद्भावना दूत हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ । प्रधानमन्त्री कपको उद्घाटनदेखि समापनमा मिस नेपाल उपस्थित रहने आयोजकले जनाएको छ

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल फागुन पहिलो साता नेपालगन्जमा सञ्चालन हुँदैछ । पाँचौ संस्करणमा तीन देशका टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिगकम नकआउटका आधारमा फागुन ३ देखी ७ गते सम्म हुने प्रतियोगितामा आयोजक टिमसँगै नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, देहरादुन(भारत) र बंगलादेशी क्लबले खेल्नेछन् ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey