पाचौं अन्तर्राष्ट्रिय जितकुण्डाे सेमिनार शनिबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-१८
  • |
  • 235 पटक हेरिएको

नेप्लेज, १८ असाेज । आगामी शनिबार र आइतबार पाँचौं अन्तर्राष्ट्रिय जितकुण्डो सेमिनार हुने भएको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जितकुण्डो सेमिनार तथा एक्जिभिजन खेलको आयोजना गर्न लागिएको जानकारी दिएको छ । सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुनेछ ।

सेमिनार तथा एक्जिविसनमा श्रीलंका, भारत, नेपाल तथा इटालीका गरी करिब २ खेलाडीको सहभागिता रहने संघका अध्यक्ष शिवबहादुर थापाले जानकारी दिए ।

सेमिनारमा स्पेनका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्वीन मार्सेलो र उनका सहायक प्रशिक्षक चानोले प्रशिक्षण दिनेछन् ।

सेमिनार तथा एक्जिविसनबाट विभिन्न देशका खेलाडीहरुले उत्कृष्ट तालिम प्राप्त गरी जितकुण्डो मार्शल आर्ट खेलको विकासमा विशेष योगदान दिन सक्ने अपेक्षा संघले गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey