डीपीएल–२ को तयारी सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 165 पटक हेरिएको

माघ २७, कैलाली । आगामी चैत १७ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग डीपीएलको औपचारीक तयारी सुरु भएको छ । धनगढी स्थित प्रहरी कार्यालयको मैदानमा पिच र मैदान मर्मत सुरु गरीएको छ ।

धनगढी प्रिमियर लिगका लागि पिच र मैदान मर्मत सुरु गरीएको छ भने ७०० वढी दर्शक अटाउने अस्थाइ प्याराफिट वनाउने तयारी छ । प्रतियोगिताका लागी फागुन ९ गते अक्सन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । जसका लागि स्थानिय खेलाडीको ट्यालेन्ट हन्ट सम्पन्न गर्नुका साथै खेलाडीको वर्गीकरण पनि पुरा भएको छ ।

यसपटक पनि मैदान मर्मतका साथै पिच निर्माणका लागि क्युरेटर अजय पाण्डेलाई काठमाडौंबाट झिकाइएको छ । अघिल्लो सस्करणमा मैदानको पिच स्लो भएकाले खेलाडीले केहि आलोचना गरेकोमा यसपटक पुर्ण रुपमा फरक हुने पाण्डेको भनाई छ । अहिले मैदान सम्याउने टप स्वेलिङको काम भरहेको छ ।

अघिल्ला संस्करण भन्दा प्रतियोगीतालाइ भव्य बनाउन विदेशि अम्पायरका साथै विदेशी क्युरेटर पनि ल्याउने आयोजकले जनाएको छ ।
अनुमानित ३ करोड लागत रहेको डीपीएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १

रणनैतिक खेलाडी, २ विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगीताको विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल पुरस्कार राशी ५० लाख रुपैयाँ हुने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey