विश्व महिला बक्सिङ् प्रतियोगिता खेल्नका लागि मिनु र विमला भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-१५
  • |
  • 248 पटक हेरिएको

नेप्लेज । विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिता अन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् ।

भारतको नयाँ दिल्लीमा आगामी कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता संचालन गरेको हो । प्रतियोगिताको सेमिफाइनलमा एपीएफकी मिनुले मकवानपुरकी सन्जुमाया थिङलाई अंकका आधारमा हराइन् । एकपक्षिय खेलमा मिनु ५–० ले विजयी भएकी थिइन् ।

अर्को सेमिफाइनलमा त्रिभूवन आर्मी क्लबकी विमला श्रेष्ठले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा हराइन् । उनले ५–० को जित हात पारेकी थिइन् ।

विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट दुईवटा तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । ५१ र ६० केजी मुनिमा एक एक जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । ६० केजीमा सहभागिता जनाउनका लागि आर्मीकी पुनम रावल र एपीएफकी संगीता सुनारवीच प्रतिष्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey