युथ ओलम्पिकमा सहभागी नेपाली टाेलीलार्इ विदार्इ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-१५
  • |
  • 376 पटक हेरिएको

नेप्लेज । अर्जेन्टिनाको ब्युनर्स एरिसमा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा सहभागी हुने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदार्इ गरिएकाे छ । नेपाल अाेलम्पिक कमिटिका अध्यक्ष एवं संघिय प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले अाज नेपाली टाेलीलार्इ बिदाई गरे ।

अशोज २० देखि कार्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजी मुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिकले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्ने छन् । उनले सेभ दि मिसनको भूमिका समेत निर्वाह गर्ने ओलम्पिकले जनाएको छ । यस्तै एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजय कुमार गुरुङ्ग रहेका छन् ।

नेपाली टोलीलाई बिदाई गर्दै नेपाल ओलम्कि कमिटिका अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना ब्यक्त गर्दै १८ बर्ष मुनिका खेलाडीहरुको कुम्भमेलालाई खेलाडीहरुले अनुभव बटुल्नुका साथै आगामी दिनमा आयोजना हुने ठुला प्रतियोगिताहरुका लागि आफुलाई निखार्ने अवसरको रुपमा लिनु पर्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey