दुवईं जुनियर ब्याडमिन्टन सिरिजमा प्रिन्स च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-१४
  • |
  • 223 पटक हेरिएको
नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् ।
प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय गरेका छन् ।
प्रिन्सले पहिलो सेटमा २१–११ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि प्रिन्स २१–११ ले विजयी हुन सफल भयो ।
सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए ।
बुधबारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको थियो  उनी पुरुष सिंगल्र्समा पनि सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey