मेन डोजो च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-१३
  • |
  • 550 पटक हेरिएको
काठमाडौं, १३  असोज । मेन डोजो, भक्तपुरले प्रथम उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन मेन डोजोले ६ स्वर्ण जित्यो ।
विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो । तेश्रो स्थानको भक्तपुर नगरपालिकाले ३ स्वर्ण हात पा-यो ।
प्रतियोगिताको पुरुषमा काभ्रेका साजन मोक्तान तथा महिलामा क्यामेलियाकी आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २३ डोजोका २ सय २० पुरुष तथा ८९ महिला खेलाडीले विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal