डिपिएलका लागि १९२ खेलाडीको नाम दर्ता
- नेप्लेज
- |
- २०७४-१०-२७
- |
- 170 पटक हेरिएको
यही चैत्र १७ गते देखि आयोजना हुने धनगढी प्रिमियर लिगमा कुल १९२ जना खेलाडीले नाम दर्ता गराएका छन ।
गत पुष २० गते देखि माघ २५ गते सम्म खेलाडीले दर्ता गर्ने मिती तय गरेकोमा यसपटक डिपिएलमा २०० को हारहारीमा खेलाडीले नाम दर्ता गरेका हुन । यो सुचिबाट पुन खेलाडीको सर्टलिस्ट गरिनेछ ।
अन्तिममा रहेका उत्कृष्ट खेलाडीलाई फागुन ५ गते हुने अक्सनमा राखिनेछ ।
खेलाडी बर्गिकरण
दर्ता भएका खेलाडीहरुको बर्गिकरण ३ क्याटागरिमा गरिएको छ।
‘ए’ क्याटागरी – राष्ट्रिय क्रिकेट खेलाडी जसले नेपालको लागि कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ र कम्तिमा पछिल्लो ३ बर्ष देखि रास्ट्रिय टिमको प्रतिनिधित्व गरेको हुनुपर्ने ।
‘बि’ क्याटागरी – ‘ए’ क्याटागरीमा नपरेका सबै राष्ट्रिय खेलाडी जसले उमेर समुहको लागि नेपालको लागि खेलीसकेका छन् अथवा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका ।
सी’ क्याटागरी – कुनै पनि स्तरको राष्ट्रिय टिममा नपरेका खेलाडी,
डी क्याटागरी- केहि दिन अगाडी भएको ट्यालेञ्ट हन्टबाट छानिएका नयाँ र स्थानिय खेलाडीलाई यसमा राखिएको छ । जसमा १२ जना खेलाडी छनोट भइसकेका छन ।
अक्सनमा ‘ए’ क्याटागरिबाट ३ भन्दा बढी खेलाडीहरु टिमले लिन पाउनेछैन भने कम्तिमा २ जना खेलाडी ‘ए’ क्याटागरिबाट लिनुपर्नेछ। यस्तै ‘बी’ क्याटागरिबाट कम्तिमा ३ जना खेलाडी लिनैपर्नेछ भने ‘सी’ क्याटागरिबाट कम्तिमा ५ जना खेलाडीहरु लिनैपर्ने प्राबधान राखिएको छ।
धनगढी प्रिमियर लिगमा देशभरमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरुले भाग लिनेछन्। प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले १० लाख, तेश्रो हुने टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख पुरस्कार पाउनेछ।