ढोरपाटन महिला डबल लिग भलिबल- विभागीय टिमको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०६
  • |
  • 225 पटक हेरिएको

माघ ५, काठमाडौं । १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आज विभागिय टिम एपीएफ र त्रिभुवन आर्मी क्लबले दोहोरो जित हात पारेका छन् ।

आज एपीएफले न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब दुबैलाई सोझो सेटमा पराजित गर्‍यो । नेपाल पुलिस क्लब विरुद्धको खेलमा एपीएफले २५–१२, २५–१७ र २५–१३ को जित निकाल्यो । यस अघि एपीएफले न्यु डायमण्ड स्पोर्टस क्लबलाई २५–१, २५–२ र २५–६ को सहज सेटमा हराएको थियो ।

आर्मीले प्यारामाउण्ट हाई स्कुल र स्प्रिङडल स्कुललाई पराजित गर्‍यो । पहिलो खेलमा प्यारामाउण्ट विरुद्ध २५–१३, २५–१२ र २४–८ को जित दर्ता गरेको आर्मीले दोस्रो खेलमा स्प्रिङडल स्कुललाई २५–९, २५–१५ र २५–८ ले पाखा लगायो ।

थ्रीस्टार एकेडेमी विरुद्धको खेलमा भने स्प्रिङडलले ३–१ सेटमा जित हात पार्‍यो । पहिलो र दोस्रो सेटमा २५–१४ र २५–१० को जित निकालेको स्प्रिङडल तेस्रो सेटमा भने २६–२८ ले पराजित भयो । चौथो सेटमा भने स्प्रिङडलले २५–१४ को जित निकाल्यो । अर्को खेलमा न्यु डायमण्ड ऐकेडेमीले थ्रीस्टार एकेडेमीलाई २५–८, २५–० र २५–१ ले पाखा लगायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey