नेपाल ओमानसँग ६ विकेटले पराजित, शीर्ष २ को यात्रा कठिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 203 पटक हेरिएको

माघ २६, काठमाडाै‌ं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ ।

नामिवियाको विन्डहकस्थित एफीज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४६ ओभरमा एक सय ३८ रनमा अलआउट भयो ।

नेपालको ब्याटिङ पंक्ति आज पनि निकै कमजोर रह्यो । नामिवियाविरुद्धकै प्लेइङ सेटलाई उतारेको नेपालले १० रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ५६ रन बनाउदा महत्वपुर्ण चार विकेट खेर फाल्यो ।

दिलिप नाथले १९ रन बनाउदा कप्तान पारस खड्का १७ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले सात तथा आरिफ शेखले ६ रन मात्र बनाए ।

त्यसपछि शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले नेपालको पारीलाई सम्हाल्न खोजेका थिए । तर दिपेन्द्र २० रनमा पेभेलियन फर्किएपछि नेपालले ९२ रनमा पाँच विकेट गुमायो । त्यसपछि नेपालले अरु १९ रन जोड्दा थप दुई विकेट गुमायो ।

शरद भेषावकर २२ रनमा आउट हुँदा नामिवियालाई हराउदा नायक बनेका बसन्त रेग्मी एक रनमा आउट भए । त्यसपछि रोहित पौडेल १४ रनमा आउट भएपछि नेपालले १२३ रनमा आठ विकेट गुमायो । अन्तिममा सोमपालले नेपालका लागि १७ रन थपे ।

जवाफमा ओमानले ३५.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । क्यानडासँग ८ विकेटको भारी अन्तरले पराजित भएको ओमानविरुद्ध नेपाली बलरले खासै राम्रो खेल्न सकेनन् ।

सुरुवातमा नै विकेट झारेर दबाव दिएपनि मध्यक्रमका खेलाडीले ओमानलाई जितको बाटो देखाए । उसका लागि अकिव लियासले ४६ रन बनाए भने जतिन्दर सिंहले २४ तथा खावार अलीले ११ रन जोडे । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले २ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey