एनपीजीए क्लासिक गल्फको उपाधि शिवरामले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 277 पटक हेरिएको

माघ २६, काठमाडौं । नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गल्फर पाइलट एनपीजीए क्लासिकको उपाधि जितेका छन् ।

गोकर्ण फरेस्ट गल्फ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा एक अण्डर ७१ को कार्ड बनाएपछि कुल आठ अण्डर २०० को स्कोर गर्दै शिवरामले उपाधि जितेका हुन् ।

सुर्य नेपाल गल्फ टुर अन्तर्गत यो छैटौं प्रतियोगिताको अघिल्लो दुई चरणमा शिवरामले सात अण्डर १२९ को कार्ड बनाएका थिए । यस सिजनको पाँचौं उपाधि जितेका शिवरामको करियरको भने ४१ औं उपाधि हो । उपाधिसँगै शिवरामले ५५ हजार जितेका छन् ।

शुक्रबार शिवरामसँगै एक अण्डर ७१ को स्कोरसहित बराबरी गरेका भुवन नगरकोटी दोस्रो भए । भुवनले समग्रमा तीन अण्डर २०५ को कार्ड बनाएका थिए । एक ओभर २०९ सहित रामे मगर तेस्रो भए ।

अमेच्योर तर्फ १२ ओभर २२० सहित विनोद तामाङ पहिलो भए भने सुवास घिसिङ दोस्रो भए ।

प्रतियोगितामा ३१ ब्यावसायिक सहित ४४ खेल गल्फरको सहभागिता थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey