ब्याडमिन्टनका पूर्व विश्व नम्बर १ लीलाई क्यान्सर

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-०६
  • |
  • 216 पटक हेरिएको

नेप्लेज, ६ असोज । ब्याडमिन्टनका पूर्व विश्व नम्बर १ खेलाडी ली चोंग वीलाई क्यान्सर भएकोे छ । मलेसियाका वी अहिले क्यान्सरेको उपाचारका लागि ताइवानमा रहेको ब्याडमिन्टन संघले जनाएको छ ।

संघले शनिबार जारी गरेको विज्ञप्ति अनुसार वेइलाई नाकमा क्यान्सर भएको र शुरुआती चरणमा रहेको जनाएको छ । संघका अध्यक्ष दातुक सेरी नोर्जा जकारियाका अनुसार क्यान्सर भएको पुष्टि गरेका हुन् ।

यसअघि उनलाई स्वासप्रश्वासमा समस्या भएको बताइएको थियो । ताइवानमा उपचार गरार्ई रहेका उनको स्वास्थ्य अवस्थामा सुधार आएको समाचारमा जनाइएको छ ।

ली ओलम्पिकमा लागतार तीन पटक रजत पदक जित्ने खेलाडी हुन् । उनले सन् २००८ को बेइजिङ, २०१२ को लण्डन र २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey