नेपाली नेत्रहीन क्रिकेट टोली दुबईमा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०६
  • |
  • 191 पटक हेरिएको

माघ ६, युएई । नेत्रहीन एकदिवशसीय विश्वकप क्रिकेट खेलेको नेपाली क्रिकेट टिम सम्मानित भएको छ ।

हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपाली टिमलाई एभरेष्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो ।

बरदुबईस्थित एभरेष्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा दुबईको गैरआवाशीय नेपाली समाज, पत्रकार महासंघ युएई शाखा, जनजाती महासंघ, नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई र नेपाली मुस्लिम सोसाइटीले सम्मान गरेका थिए ।

विभिन्न संघका संस्थाले नेपाली टोलीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाली टोलीलाई एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसिएल क्लबका अध्यक्ष शालिकराम सुवेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, स्पोर्ट कोअरडिनेटर सकिल अलि, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुचका उपाध्क्ष राजेश प्रधान, नेपलिज् मुश्लिम समाजका सचिव नौमान सिद्दिकी, एभरेस्ट क्लबका उपाध्यक्ष मदन अधिकारी र क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले सम्मान गरेका थिए ।

सो अवसरमा नेपाली टोलीलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट संकलित १ लाख ४० हजार रुपैयाा नगद प्रदान गरिएको थियो ।

मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबका पुर्णभक्त लामा, रवि शाही, मदन अधिकारी, सकिल अली, समिम खान, पर्शुराम घिमिरेले नेत्रहीन क्रिकेटका अध्यक्ष पवन घिमिरेलाई नगद हस्तान्तरण गरे ।

नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष घिमिरेले रोजगारका लागि विदेशी भूमिमा रहेका नेपालीहरुले आफ्नो देशप्रति खेलको माध्यमबाट देखाएको राष्ट्रप्रेम सराहनीय रहेको बताए ।

पाकिस्तानमा र युएईमा संयुक्त रुपमा भएको नेत्रहीन विश्वकप क्रिकेटमा नेपाली टोलीले ४ खेलमा हार व्यहोर्दा अष्ट्रेलियामाथि ८ विकेटको रवाफिलो जित आत्मसात गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey