धनगढीमा महिला आत्मरक्षा शिविर हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-०६
  • |
  • 491 पटक हेरिएको

नेप्लेज । राष्ट्रिय गोजुरियो कराते डो संघले आगामी आसोज २० गतेदेखि महिलाहरुका लागि आत्मरक्षा शिविर संचालन गर्ने भएको छ ।

महिला तथा बालिकाहरुलाई आत्मरक्षाको सिप सिकाउने उद्धेश्यले आयोजना गरिने प्रशिक्षण शिविरको उद्घाटन कैलालीको धनगढीस्थित क्षेत्रीय रंगशालामा संचालन हुनेछ । एक सातासम्म चल्ने यो शिविरमा प्रवेश नम्बर सातका विभिन्न जिल्लाका बालिका तथा किशोरीहरुलाई सहभागी गराइने आयोजक संघले जनाएको छ ।

प्रदेश नम्बर सातबाट सुरु भई यो शिविर प्रदेश एकमा आएर समापन हुने राष्ट्रिय गोजुरियो कराते डो संघले जनाएको छ । प्रदेश सातबाट करिव एक हजारको संख्यामा बालिका तथा किशोरीहरुको उपस्थिती रहनेछ ।

महिला तथा बालिकामाथि हुने पछिल्लो समय बढ्दो हिंसा न्यूनिकरण हुने विश्वास संघको छ । यस्तै यो अभियानले सरोकारवाला निकायलाई पनि संवेदनशील र जिम्मेवार बन्नका लागि प्रेरित गर्ने विश्वास आयोजकको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey