नेपाल vs अाेमान LIVE : नेपाल ६ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 364 पटक हेरिएको

प्रतियाेगिताकाे दाेस्राे खेलमा नेपाल अाेमानसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले ४६ अाेभरमा सबै विकेट गुमाउँदै १३९ रन बनाएकाे थियाे । १३९ रनकाे लक्ष्य अाेमानले ४ विकेटकाे क्षतिमा भेटायाे ।

अाेमानका लागि अकिब इलियासले सर्वाधिक ४६ रनकाे याेगदान दिँदा बलिङ तर्फ सन्दिप लामिछानेले २ विकेट लिए ।

अाेमानले पनि पहिलाे २ अंङ्क जाेडेकाे छ ।

 

  • विकेट: नेपालले अाेमानकाे चाैथाे विकेट पनि पाएकाे छ । सन्दिप लामिछानेले ब्यक्तिगत दाेस्राे विकेट लिँदा खवार अली ११ रनमा अाउट भए । अाेमानलार्इ  जितका लागि अब ४१ काे अावस्कता छ ।

इलियसलार्इ अाउट गर्दै बसन्तले दिए नेपाललार्इ ‘ब्रेक-थ्रू’

  • विकेट: नेपालले अाेमानकाे तेस्राे विकेट झारेकाे छ । क्रिजमा राम्राेसँग जमेका अकिव इलियसलार्इ बसन्त रेग्मीले बाेल्ड गरे । इलियासले ५३ बलमा ५ चाैका प्रहार गर्दै ४६ रन बनाएका थिए । अहिले अाेमानले २५ अाेभरमा ३ विकेट गुमाउँदै ८९ रन बनाएकाे छ । जितका लागि अाेमानलार्इ २५ अाेभरमा ५० रन अावस्यक छ भने उसकाे हातमा ७ विकेट बाँकी नै छ ।

 

  • विकेट: जितेन्दर सिंह सन्दिप लामिछानेकाे बलमा बाेल्ड भए । अाेपनिङमा अाएका उनले २४ रन बनाएका थिए ।

 

  • विकेट: तेस्राे अाेभरमा नेपालले पहिलाे विकेट हात पारेकाे छ । साेमपाल कामीले स्वप्नील खाड्यलार्इ एलबीडब्ल्यु अाउट गराए । स्वप्नीलले १ रनमात्र जाेड्न सके ।

 

  • दाेस्राे इनिङ सुरु, अाेमानका लागि अाेपनिङमा जतिन्दर सिंह र स्वप्नील खाड्य अाएका छन् ।

 

  • विकेट: सन्दिप लामिछाने डकअाउट, नेपाल १३८ रनमा अलअाउट भयाे ।

 

  • विकेट: करण केसी ४ रनमा रनअाउट ।

 

  • विकेट: कलिमुल्लाहकाे बलमा राेहीत पाैडेल अाेडेड्राबाट क्याच अाउट भएका छन् । उनले १४ रन जाेडेका थिए । अब करण केसी क्रिजमा अाएका छन् । नेपालले ८ विकेटकाे क्षतिमा १२६ रन बनाएकाे छ ।

 

  • विकेट: साताैं विकेटका रुपमा शरद भेषावकर बिलाल खानकाे बलमा जिसान मक्सुदबाट क्याच अाउट भएका छन् । ३९ बलमा शरदले २२ रन बनाएका थिए । साेमपाल कामी क्रिजमा अाएका छन् । यसपछि करण केसी र सन्दिप लामिछानेले ब्याटिङ गर्न बाँकी छ ।

 

  • विकेट: बसन्त रेग्मीले ३२ अाैं अाेभरमा १ रनकै अवस्थामा पवेलियन फर्किएका छन् । नेपालले ६ विकेट गुमाउँदा ९३ रनमात्र बनाएकाे छ ।

 

  • विकेट: ३१ अाैं अाेभरमा दिपेन्द्रसिंह एेरी ब्यक्तिगत २० रनमा खार अलिकाे बलमा क्याच अाउट भएका छन् । उनले ३ चाैका प्रहार गरेका थिए । अहिले नेपालले ३०.३ अाेभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएकाे छ । दिपेन्द्रकाे स्थानमा बसन्त रेग्मी क्रिजमा अाएका छन् ।

 

  • विकेट: २३ अाै‌ं अाेभरकाे पहिलाे बलमा पारस खड्का ब्यक्तिगत १७ रन बनाएका अाउट भएका छन् । उनलार्इ कलिमुल्लाहले बाेल्ड गरे । पारसकाे स्थानमा दिपेन्द्रसिंह एेरी क्रिजमा अाएका छन् । अहिले नेपालले २३ अाेभरमा ४ विकेट गुमाउँदै ५६ रन बनाएकाे छ । कलिमुल्लाहले ३ विकेट लिएका छन् ।

 

  • क्रिजमा शरद भेषावकर अाएका छन् ।

 

  • विकेट: २०.४ अाेभरमा अारिफ शेख कलिमुल्लाहकाे बलमा विकेट किपर सुल्तान अहमदबाट क्याच अाउट भए । अारिफले २१ बल खेलेर ६ रन बनाए । नेपालले २१ अाेभरमा ३ विकेट गुमाउँदै ५४ रन बनाएकाे छ ।

 

  • नेपालले १६ अाेभरमा २ विकेट गुमाउँदै ४२ रन बनाएकाे छ ।

 

  • अहिले अारिफ शेख क्रिजमा अाएका छन् ।

 

  • विकेट: १५ अाै‌ं अाेभरकाे अन्तिम बलमा दिलिप नाथ क्याच अाउट भएका छन् । १९ रन जाेडेका  दिलिपलार्इ फियाज भुटकाे बलमा अाेडेड्राले क्याच गरेका थिए । उनले ४९ बल समाना गर्दै ३ चाैका प्रहार गरेका थिए ।

 

  • उनकाे स्थानमा कप्तान पारस खड्का क्रिजमा अाएका छन् ।

 

  • विकेट: पाँचाैं अाेभरकाे अन्तिम बलमा अाेपनर ज्ञानेन्द्र मल्ल क्याच अाउट भएका छन् । कलिमुल्लाहकाे बलमा उनी विकेट किपर सुल्तान अहमदबाट क्याच अाउट भए । १७ बलकाे सामना गरेका ज्ञानेन्द्र १७ बलबाट ७ रन बनाउँदै अाउट भए ।

 

  • नेपालका लागि अाेपनिङमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । उनलार्इ दिलिप नाथले साथ दिइरहेका छन् ।

 

  • नेपाली टिममा अाज कुनै परिवर्तन भएकाे छैन ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey