डिभिजन-२: टस जितेर अाेमानले फिल्डिङ गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 174 पटक हेरिएको

माघ २६ । अार्इसीसी विश्व क्रिकेट लिग डभिजन-२ अन्तर्गत दाेस्राे खेलमा अाज नेपालले अाेमानकाे सामना गर्दैछ ।

सवा १ बजेबाट सुरु हुने खेलमा नेपालले टस  हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्द्वी रहँदै आएका छन् । नेपाल र अाेमानवीचकाे याे पाँचाैं खेल हाे । यस अघिका खेलमा नेपाल र अाेमानले २-२ खेलमा जित हात पारेका छन् ।

प्रतियाेगितामा कमजाेर मानिएकाे अाेमानविरुद्ध जित निकालेकाे खण्डमा नेपाललार्इ विश्वकप छनाेट खेल्ने बाटाे केही सहज हुनेछ ।

२००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएकाे थियो । सो बेला नेपाल ओमानसंग १२ रनले पराजित भएको थियो ।

२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसंग २ रनले पराजित भएको थियो ।

२०१३ मा बर्मुडामा भएको आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा नेपाल च्याम्पियन बन्दा समुह चरणमा ओमानलाई हराएको थियो ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal