हङकङका च्यापम्यान न्युजिल्याण्डको टिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 185 पटक हेरिएको

हङकङको राष्ट्रिय टिमबाट विश्वकप खेलेका मार्क च्यापम्यान न्युजिल्याण्डको राष्ट्रिय टिममा परेका छन ।

त्रिकोणात्मक सिरिजमा अष्ट्रेलियासंग पराजित भएपछि न्युजिल्याण्डले च्यापम्यानलाई टिममा राखेको छ । च्यापम्यनले हङकङबाट १९ वटा ट्वान्टी ट्वान्टी र दुई वटा एकदिवसीय खेल खेलेका थिए ।

२३ बर्षीय च्यापम्यानले हङकङका नागरिक भएपछि न्युजिल्याण्डमा बस्दै आएका थिए । विश्व क्रिकेट लिग च्याम्पियनसिपका साथै टी-२० विश्वकपमा हङहङको जर्सिमा ओर्लिएका थिए ।

तर पछिलो एक बर्षपछि उनले हङकङको  टोली छाड्दै न्युजिल्याण्डको टिमबाट खेल्नको लागि त्यहाँको घरेलु क्रिकेटमा सहभागिता जनाउदै आएका थिए ।

उनका बुवा न्युजिल्याण्डका नागरिक रहेकाले च्यापम्यानले किवि टोलीबाट खेल्न पाउने छन् ।

न्युजिल्याण्डको घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा च्यापम्यान उत्कृष्ट फर्ममा रहेका छन् । उनले १७१ दशमलव ५० को स्ट्राइक रेटमा ब्याटिङ्ग गर्दै आइरहेका छन् भने उनको औसत ३४ दशमलव ११ रहेको छ ।

गत आइतबार उनले वेलिङ्गटनबिरुद्धको खेलमा १ सय ५ बलमै १ सय १७ रन बनाएका थिए । न्युजिल्याण्डले त्रिकोणात्मक श्रंखला अन्तर्गत अर्को म्याच आगामी मंगलवार खेल्दैछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey