एन्फा अध्यक्षका लागि कर्मा छिरीङले आज उम्मेद्वारीको घोषणा गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 145 पटक हेरिएको

माघ २७, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको पूर्व उपाध्यक्ष कर्मा छिरीङ शेर्पाले आसन्न एन्फाको निर्वाचनको अध्यक्ष पदको उम्मेद्वारीको घोषणा गर्दैछन । राजधानीको होटेल एलो प्यागोडामा आज ३ बजे कार्यक्रमको आयोजना गरेर शेर्पाले सो घोषणा गर्नेछन् ।

हिमालयन शेर्पा क्लवका अध्यक्ष समेत रहेका शेर्पा तत्कालिन अध्यक्ष गणेश थापाको पालमा उपाध्यक्ष रहेका थिए । तर त्यहि बेला गणेश थापा विरुद्ध खुल्ला रुपमा अगाडी आएका शेर्पा अघिल्लो पटक भएको एन्फाको निर्वाचनमा हालका अध्यक्ष नरेन्द्र श्रेष्ठसंग पराजित भएका थिए ।

‘जय नेपाली फुटबल’ को नारा सहित अगाडी बढेका शेर्पालाई यसपटक अध्यक्षमा निर्वाचित गराउन राम्रो साथ रहेको उनि आफै बताउँछन । एन्फाका पुर्व सिइओ इन्द्रमान तुलाधरले पनि शेर्पालाई नै साथ दिने बुझिएको छ । जसमा लागि उनी महासचिवको पदको आशामा रहेका छन ।

यसका साथै शेर्पासंग यसअघि पनि साथ दिइरहेका पंकज नेम्वाङ, किशोर राईको पनि दरिलो साथ छ ।

यसपटकको एन्फाको अध्यक्षका लागि राष्ट्रिय टिमका पूर्व प्रशिक्षक तथा कप्तान कृष्ण कार्कीले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन ।

त्यस बाहेक यसपटक हालका अध्यक्ष नरेन्द्र श्रेष्ठ पनि अध्यक्षपदका लागि लड्नसक्ने बताइएको छ । तर वरिष्ठ उपाध्यक्ष मणी कुँवरको चर्चा भएपनि उनि पछि हट्नसक्ने एन्फाको फुटबल राजनितीले देखाएको छ ।

एन्फाको केन्द्रिय निर्वाचनका लागि जिल्लाहरुको निर्वाचन सकिसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey