डिभिजन-२ मा अाज नेपाल अाेमानसँग खेल्दै
- नेप्लेज
- |
- २०७४-१०-२६
- |
- 193 पटक हेरिएको
माघ २६ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउसो सवा १ बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्द्वी रहँदै आएका छन् ।
२००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएकाे थियो । सो बेला नेपाल ओमानसंग १२ रनले पराजित भएको थियो ।
२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसंग २ रनले पराजित भएको थियो ।
२०१३ मा बर्मुडामा भएको आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा नेपाल च्याम्पियन बन्दा समुह चरणमा ओमानलाई हराएको थियो । यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।
यो प्रतियोगिता अगाडी ओमानले अमेरीकासंग मैत्रीपुर्ण खेल खेलेको थियो । यसका साथै उसले घरमा नै अभ्यास गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिवियामाथि १ विकेटको झिनो जित निकाल्दा ओमान क्यानडासंग ८ विकेटले पराजित भएको थियो ।