उपत्यकाव्यापी तेक्वान्दोमा विशाललाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-२८
  • |
  • 446 पटक हेरिएको
दीलिप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौं इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
इचंगुनारायण डोजाङको आयोजनामा इचंगुनारायण मन्दिर परिसरमा भएको प्रतियोगिताको पुरुष ३७ केजीमुनि फाइनलमा विशालले ढल्कोका विशाल मोक्तानलाई पराजित गरे । लैनचौरका सुइकर रजक र चन्द्रागिरीका सञ्जय भण्डारी तेश्रो भए ।
पुरुष ३३ केजीमुनि न्यु क्रिएटिभका सिद्धार्थ बलामी पहिलो भए । उनले फाइनलमा चन्द्रागिरीका विराज तामाङलाई हराए । टोत्लसका सुमन उप्रेती र ढल्कोका विफो तामाङ संयुक्त रुपमा तेश्रो भए ।
प्रतियोगिताको प्रदेश सांसद प्रकाश श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४ सय ५० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १÷१ हजार नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey