काउटिन्होले पहिलो गोल गर्दा बार्सिलोना कोपा डेल रेको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 158 पटक हेरिएको

माघ २६ । फिलिपे काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा कटलन क्लब लगातार पाँचौं पटक कोपा डेल रेको फाइनलमा पुगेको छ ।

भ्यालेन्सियालाई समग्रमा ३–० ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगमा १–० को जित हात पारेको विहीबार भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगमा २–० को जित निकाल्यो ।

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका काउटिन्हो दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट गोल गरेपछि कटलन क्लबले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै आन्द्रे गोमेजको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए ।

८२औं मिनेटमा इभान राकिटिचले गोल गरेपछि बार्सिलोनाले समग्रमा ३–० को जित हात पारेको हो ।

साविकको विजेता समेत रहेको बार्सिलोनाले उपाधिका लागि सेभियाविरुद्ध खेल्नेछ । सेभियाले लेगानेसलाई हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey