इचङगु नारायणमा तेक्वान्दो भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-२७
  • |
  • 290 पटक हेरिएको
इचङगु नारायण डोजाङको आयोजनामा पाँचौं इचङगु नारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सुदीप महर्जनले जनाएका छन् । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक डोजाङ प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी गराए । त्यस्तै प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ३ हजार, २ हजार र १÷१ हजार नगदबाट पुरस्कृत गरिने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु इचङगु नारायणमा हुनेछ । गत संस्करणको उपाधि सीतापाइला तेक्वान्दो डोजाङले जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey