प्रथम देउराली कप कराते असोजमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-२१
  • |
  • 212 पटक हेरिएको

नेप्लेज, २१ भदौ । नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा प्रथम देउराली कप खुला कराते प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम २०७५ असोज १९ र २० गते हुने भएको ।

बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा जुनियर ब्वाईज तर्फ २० देखि ६५ केजी खुला, एकल तथा समूह काता गरी १३ तथा गल्र्स तर्फ २० देखि ६१ केजी खुला, एकल तथा समूह काता गरी १२ समूहमा प्रतिस्पर्धा गराइनेछ ।

२५ स्वर्ण पदकका लागि काठमाडौं लगायत १६ जिल्लाका करिब ५०० खेलाडीहरुले प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने डोजोका प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदका स्वर्ण धारी कुशल श्रेष्ठले जनाएका छन् ।

भिमसेन गोला मा.बि.का अध्यक्ष राजेश जोशीको संयोजकत्वमा हुने प्रतियोगिता खरिबोट नयाँ बानेश्वरमा हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey