सकियो एशियन गेम्स, ३७ राष्ट्रले जिते पदक, चीन पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-१७
  • |
  • 279 पटक हेरिएको

नेप्लेज, १७ भदौ । १५ दिन लामो एशियाली खेलकुदको महामेला एशियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आजदेखि सकिएको छ ।

गएको भदौ २ गतेदेसि सुरु भएको प्रतियोगिताले एशियाली क्षेत्र खेलकुदमय बन्यो । एशियाका सबै ४५ मुलुकबाट गरी ४९ खेलमा करिव १० हजारको संख्यामा खेलाडीहरु इण्डोनेसियामा भेला भए । नेपालबाट पनि २९ खेलमा १८७ खेलाडी इण्डोनेसिया पुगे ।

सहभागी ४५ मुलुकमध्ये ३७ मुलुकले पदक जित्न सके भने आठ मुलुक रित्तो हात फर्कनुपर्यो । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकबिहीन हुनबाट जोगियो ।

एशियाली खेलकुदमा चीनले सबैधन्दा धेरै पदक जित्न सफल भयो । जुन अपेक्षाकृत नै थियो । किनभने चीन पछिल्लो ११ संस्करणदेखि पदकतालिकामा शीर्ष स्थानमा रहँदै आएको छ । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एशियाली खेलकुददेखि चीन एशियाली खेलकुदमा दोस्रो हुनुपरेको छैन ।

चीनले इण्डोनेसियामा १३२ स्वर्ण, ९२ रजत र ६५ काश्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ काश्य गरी २०५ पदक जित्यो । दक्षिण कोरिया र इण्डोनेसिया क्रमसः तेस्रो र चौथो भए । कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० काश्य गरी १७७ पदक जित्दा आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ काश्य गरी ९८ पदक जित्यो ।

२१ स्वर्ण, २४ रजत र २५ काश्य जितेको उज्वेकिस्तान पाँचौं हुँदा २० स्वर्ण २० रजत र २२ काश्य जितेर इरान छैटौं भयो । त्यस्तै १७ स्वर्ण, १९ रजत र ३१ काश्य जितेको चाइनिज ताइपेइ सातौं स्थानमा आयो । छिमेकी मुलुक भारत एशियाली खेलकुदमा आठौं भयो । उसले १५ स्वर्ण, २४ रजत र ३० काश्य जित्न सफल भयो । समान १५ स्वर्ण जितेको काजाख्स्तान नवौं हुँदा १२ स्वर्ण जितेको उत्तर कोरिया दशौं भयो ।

१२ स्वर्ण जितेको बहराइन एघारौं, ११ स्वर्ण जितेर थाइल्याण्ड बाह्रौं भए । त्यस्तै हङकङ, मलेसिया, कतार र मंगोलियाले क्रमसः ८, ७, ६ र ५ स्वर्ण जिते ।

भियातनाम सिंगापुर र फिलिपिन्सले समान चार चार स्वर्ण जिते भने युएई र कुवेतले समान ३–३ स्वर्ण जित्न सफल भए । कीर्तिस्तान, जोर्डन र कम्बोडियाले दुई दुई स्वर्ण जिते । पाँच मुलुकले एक एक स्वर्ण जिते । साउदी अरव, मकाउ, कोरिया र लेवनानको नाममा एक एक स्वर्ण रह्यो ।

एक रजत जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा छ । नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्कमिनिस्तानले पनि स्वर्ण जित्न सकेनन् । उनीहरु रजतमै सीमित भएका हुन् ।

एशियाली खेलकुदमा सहभागिता भएकामध्ये चार मुलुकले काश्य पदकमात्र जित्न सके । जहाँ पाकिस्तान, अफगानिस्तान, म्यानमा र सिरिया छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey