पदक आस गरिएको जुडोका इन्द्रबहादुर श्रेष्ठ पहिलो खेलमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-१४
  • |
  • 238 पटक हेरिएको

१८ औं एसियाली खेलकुदमा पदक आस गरिएको जुडोका इन्द्रबहादुर श्रेष्ठ पहिलो खेलमा पराजित भएका छन् । इन्द्रबहादुर उत्तर कोरियाली प्रतिद्वन्द्वी ह्योङ उन किमसँग टिक्न सकेनन् ।

सागका कांस्य पदकधारी इन्द्रले पुरुष ६६ केजीमुनि तौल समूहमा इप्पोन खाँदै १ मिनेट २१ सेकेन्डमै खेल गुमाएका थिए ।

अर्को खेलमा महिला ५२ केजीमुनि देविका खड्का अन्तिम १६ मा पराजित भइन् । उनी जापानकी नात्सुमी सुनोदासँग पराजित भएकी हुन् । इप्पोनमा हारेकी देविकाले १ मिनेट २० सेकेन्डमै खेल गुमाइन् ।

बिहीबार नेपालले जुडोमा तीन खेलाडीले खेल्नेछन् । महिला ५६ केजीमुनि मनिता श्रेष्ठ प्रधानले भियतनाम, पुरुष ७३ केजीमुनि सञ्जित डंगोलले साउदी अरेबिया र महिला ६७ केजीमुनि ओलम्पियन तथा सागकी स्वर्ण विजेता फुपूल्हामु खत्रीले आयोजक इन्डोनेसियाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म एसियाडमा पदक जित्न नसकेको जुडो यसपालि पदक आस गरिएको खेल हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal