१८औं एशियाडः भारत्तोलनमा ताराको राष्ट्रिय कीर्तिमान सुधार

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-१०
  • |
  • 192 पटक हेरिएको

नेप्लेज, १० भदाै । १८औं एशियाली खेलकुद अन्तर्गत भारत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

आइतबार भएको स्पर्धामा ताराले समग्रमा १७५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

स्न्याचमा ७४ केजी भार बहन गरेकी ताराले क्लिन एण्ड जर्कतर्फ १०१ केजी गरी कुल १७५ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।

यसअघि उनले स्न्याचतर्फ ७३ र क्लिन एण्ड जर्कतर्फ ९७ केजी गरी कुल १७० केजीको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान राखे पनि ९ खेलाडी सम्मिलित यस स्पर्धामा तारा आठौं स्थानमा रहिन् । यस स्पर्धाको स्वर्ण उत्तर कोरियाकी रिम जोङ सिमले जितिन् ।

ताराको हारसँगै भारत्तोलनमा नेपालको प्रतिस्र्धा सकिएको छ । नेपालबाट भारत्तोलनमा दुई पुरुष र दुई महिला खेलाडी सहभागी भएकोमा तारासहित सञ्जु चौधरी र कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान सुधार गर्न सफल भए । अहिलेसम्म सकिएका खेलमध्ये भारत्तोलनको सबैभन्दा राम्रो प्रदर्शन रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey