कोहलीको अर्को सतकसंगै भारत विजयी

0

दक्षिण अफ्रिका विरुद्धको तेस्रो एक दिवसिय खेलमा भारत १२४ रनको भारती अन्तरले विजयी भएको छ । जितसंगै भारतले ६ खेलको श्रृखंलामा ३–० को अग्रता बनाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीको एक सय ६० रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाउदै ३०३ रन बनायो ।

यो सतकसंगै कोहलीले अर्को किर्तीमान पनि बनाएका छन । एकदिवसियमा ३४ औ सतक बनाउने क्रममा कोहलीले १२ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै शिखर धवनले ७६ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिका ४० ओभरमा १७९ रनमा अलआउट भयो । उसका लागि जेपी डुमिनी बाहके बाकि खेलाडीले राम्रो खेल्न सकेनन । दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न युज्विन्दर चाहल र कुलदिप यादवले चार चार विकेट लिए ।

Post Add 1025X115
Loading...