करातेमा रीता कार्की पनि काश्य पदक जित्न असफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०९
  • |
  • 267 पटक हेरिएको

नेप्लेज, ९ भदौ । १८औं एशियाली खेलकुद अन्तर्गत कातातर्फ पदक जित्न असफल रहेको नेपाली करातेले स्पाइरिङतर्फ पनि कमजोर सुरुआत गरेको छ ।

महिलाको ६८ केजीमाथि तौलसमूहमा रीता कार्कीका लागि काश्य जित्ने सुनौलो अवसर थियो । तर, काश्य पदकका लागि भएको स्पर्धामा रिता चुकिन् । उनी पाकिस्तानकी नर्गिससँग ३–१ अंकका आधारमा पराजित भइन् । यसअघि उनी क्वार्टरफाइनलमा चीनकी गाओ मेङमेङसँग पराजित भएकी थिइन् । तर, मेङमेङ फाइनलमा पुगेका कारण रीताले काश्यका लागि प्रतिस्पर्धा गर्न पाएकी हुन् ।

यसअघि कातातर्फ चञ्चला दनुवार पनि काश्यका लागि भएको स्पर्धामा थाइ खेलाडीसँग पराजित भएकी थिइन् भने पुरुषतर्फ पर्शुराम बास्तोला पनि पहिलो चरणमै पराजित भएका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey