टोटनह्याम एफ ए कपको पाँचौं चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 162 पटक हेरिएको

माघ २५ । तेस्रो डिभिजनको न्यू पोर्ट काउन्टीलाई हराउँदै टोटनह्याम एफ ए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

चौथो चरणको नियमित खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलाईएको रिप्ले म्याचमा टोटनह्याम २–० ले विजयी भयो ।

२६ औं मिनेटमा ड्यान बट्लरले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि इरिक लामेलाले गोल गर्दै पहिलो हाफ अघि टोटनह्यामको अग्रता २–० मा लम्ब्याएका थिए ।

इंग्लिस लिगमा तेस्रो डिभिजनको पनि ११ औं स्थानमा रहेको न्यू पोर्ट काउन्टीले दोस्रो हाफमा कमब्याक गर्न सकेन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey